मेलबर्न, अष्ट्रेलिया –
“TOGETHER FOR A STRONGER NEPALI DIASPORA” भन्ने मूल नाराका साथ बिबेक खत्रीले आगामी एनआरएनए अष्ट्रेलिया (२०२५–२०२७) कार्यकालका लागि VIC युवा सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
बिबेक खत्रीले लामो समयदेखि अष्ट्रेलियामा रहेका नेपाली युवाहरूबीच नेतृत्व, समाजसेवा र एकताको भावना प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। अब उनले आफ्नो अनुभवलाई संस्थागत रूपमा उपयोग गर्ने उद्देश्यले एनआरएनए अष्ट्रेलियाको युवा नेतृत्वमा प्रवेश गर्ने संकल्प गरेका छन्।
“हामी सबै मिलेर मात्र सशक्त नेपाली डायस्पोरा निर्माण गर्न सक्छौं,” भन्ने बिबेकको स्पष्ट सन्देश छ।