“हाम्रो अभियान, हाम्रो उत्तरदायित्व — विश्वास, एकता र सेवा नै नेतृत्वको मूल आधार हो”
सिड्नी, अष्ट्रेलिया —
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि उपाध्यक्ष पदमा रमेश पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि एनआरएन अभियानसँग प्रत्यक्ष सरोकार राख्दै आएका पौडेलले यो उम्मेदवारीलाई एक संकल्प, अभियान र आन्दोलनप्रतिको जिम्मेवारीबोधको निरन्तरता भनेका छन्।
उनी भन्छन्: “एनआरएनए हाम्रो साझा संस्था हो, जुन गैरआवासीय नेपालीको हकहित, अधिकार र एकताको प्रतीक बनेको छ। अहिले हाम्रो संगठन विश्वासको पुनर्निर्माण, पारदर्शिता, र सशक्त नेतृत्वको खोजीमा छ। यसै सन्दर्भमा मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ।”
पौडेलको उम्मेदवारीका मूल तीन आधार
१. विश्वास र एकताको पुनःस्थापना
-
अपारदर्शी निर्णय प्रक्रियाको अन्त्य गर्दै जवाफदेही र सामूहिक नेतृत्वको प्रवर्द्धन
-
एनआरएन चार्टर र मूल्य मान्यताको संरक्षण
-
युवा, महिला र कम प्रतिनिधित्व भएकाहरूको समावेशी सहभागिता
-
क्षेत्रीय, वैचारिक सम्मानसहित समावेशी बहसको प्रवर्द्धन
२. विश्वव्यापी प्रभाव निर्माण
-
एनआरएनए आईसीसी तथा अन्य देशीय शाखासँग सहकार्य गर्दै अष्ट्रेलियाको आवाजलाई मुखर बनाउने
-
नेपाल सरकारसँग डायस्पोरा–मैत्री नीतिको वकालत
-
एनआरएनए अष्ट्रेलियालाई पारदर्शिता र नवीनतामा आधारित ‘मोडेल च्याप्टर’ बनाउने लक्ष्य
३. समुदायलाई प्रत्यक्ष लाभ दिने कार्यसूचीहरू
-
शिक्षा, सीप र रोजगार प्रवर्द्धनका कार्यक्रमहरू
-
नेपालमा सम्पत्ति र कानुनी सुरक्षाको प्रत्याभूति, एनआरएन नागरिकता कानुनको वकालत
-
आप्रवासन र कल्याणकारी सेवामा पहुँच विस्तार
एनआरएनएमा रमेश पौडेलको योगदान:
-
मानार्थ सदस्य, एनआरएनए आइसीसी (२०२१–२०२३)
-
आइसीसी सदस्य पदका उम्मेदवार, एनआरएनए ग्लोबल (२०१७–२०१९)
-
सहसंयोजक, एनआरएनए क्वीन्सल्याण्ड (२०११–२०१३)
-
एनसीसी सदस्य, एनआरएनए अष्ट्रेलिया (२०११–२०१५)
पौडेल भन्छन्: “मेरो उम्मेदवारी कुनै रहर वा चुनावी मौसमको प्रतिक्रिया मात्र होइन। यो आन्दोलन र अभियानमा लामो समयदेखिको सहभागिता, अनुभूति र उत्तरदायित्वको निरन्तरता हो।”
“हामीबीच कहिलेकाहीं एकताको कमीले अभियानमै प्रश्न उठेको छ। ती प्रश्नको उत्तर व्यवहार, काम र प्रतिबद्धताबाट दिन जरुरी छ।”
मत किन रमेश पौडेललाई?
-
सामूहिकता, जवाफदेहिता र जनमुखी नेतृत्वका लागि
-
एनआरएन अभियानको गौरव रक्षा र भविष्य निर्माणका लागि
-
समन्वय, सेवा र सशक्तिकरणको प्रतिबद्धतासहितको नेतृत्वका लागि
उनको भावुक अपिल: “मतदान गर्नु अघि एक पटक मनलाई सोध्नुहोला — इतिहास हेर्नुहोला, वर्तमान बुझ्नुहोला, अनि भोलिको आकांक्षा मूल्यांकन गर्नुहोला। यदि तपाईंलाई लाग्छ, म उपयोगी हुँ, म तपाईंको मतको सच्चा हकदार बन्नेछु।”