क्वालालुम्पुर ।
मलेसियाको एनआरएनए विवाद मिलेर पनि विवादित हुन पुगेको छ ।
यहि २० जुलाई आइतबारको दिन एनआरएनए विवाद टुगांउने र एकता महाधिवेशन पनि गर्ने बिषयमा छलफल गर्न मलेसियामा सक्रिय रहेका सम्पूर्ण संघ संस्थालाई छलफलका लागि बोलाइएको थियो । छलफलमा अगस्ट ३० र ३१ तारिख एनआरएनको महाधिवेशन गर्ने र आरके महतोको संयोजकत्वमा महाधिवेशन सबै मिलेर गर्ने भन्ने निष्कर्ष सहित सर्बसम्मति ले सबै प्रस्तावहरु पारित गरेर बैठक टुगिएको थियो ।
तर, त्यसको भोली पल्ट आरके महतोले नै एक विज्ञप्ति जारी गर्दै बिधानको हवाला दिदै अधिवेशन अप्रिल २७ मै गर्ने भनेपछि मिलि सकेको कुराहरु फेरी विवादित बनेको छ ।
विवादको बिषयमा छलफल गर्न एनआरएनएका पदाधिकारीहरुले फेरी संघ संस्थाहरुलाई सहयोग मागेपछि नेपाल राजदुतावासमा सबै संघ संस्थाका प्रतिनिधि लगायत एनआरएनए पदाधिकारीहरु भेला भएर सल्लाह गरी निष्कर्ष निकालीदिन अनुरोध गरेपछि नेपाल राजदुतावासले एकता नभएको एनआरएनएलाई नेपाल राजदुतावासले पनि समर्थन गर्न नसक्ने जानकारी गराउदै राजदुत डा.नेत्रप्रसाद तिमल्सिनाले मिलेर अगाडी बढ्न सल्लाह दिनुभयो ।
संघ संस्थाका प्रतिनिधिहरुले भने तिनै पदाधिकारीहरुले हस्ताक्षर गरेर सहमति गरेको सहमति लत्याउदै एक पटक पनि सल्लाह, छलफल नगरी विज्ञप्ति निकाल्ने हो भने संघ संस्थाहरुलाई बोलाएर सहमति गरेर हस्ताक्षर गराउनुको मतलब के हो भनेर सोधेका थिए ।