क्यानबेरा, जुलाई २६ –
गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि सम्पन्न निर्वाचनमा ACT राज्यतर्फ महिला उप–संयोजक पदमा सोनु महर्जन निर्विरोध निर्वाचित भएकी छन्।
उक्त पदका लागि अन्य कुनै उम्मेदवारी नपरेपछि महर्जन स्वतः निर्वाचित भएकी हुन्। समुदायप्रति उनी देखाएको निरन्तर सक्रियता र सेवा भावलाई आधार मान्दै यो चयन भएको विश्वास गरिएको छ।
सोनु महर्जन लामो समयदेखि महिला सशक्तिकरण, समावेशी नेतृत्व र सामुदायिक उत्थानको पक्षमा निरन्तर लागिपरेकी सामाजिक अभियन्ता हुन्। उनीको निर्विरोध चयनलाई धेरैले समुदायको विश्वासको प्रतिफलको रूपमा व्याख्या गरेका छन्।
उनको यो सफलता उपलक्ष्यमा सामाजिक सञ्जाल तथा समुदायका विभिन्न क्षेत्रबाट बधाई र शुभकामना सन्देशहरू प्राप्त भइरहेका छन्। धेरै शुभेच्छुकहरूले उनीबाट प्रभावकारी र समर्पित कार्यकालको अपेक्षा गरेका छन्।