जापानमा तीज कार्यक्रमको बाढी: क्योटो तीज महोत्सवमा ज्योति मगरले नचाउने

everest kitchen

जापान । जापानको क्योटोमा हुन लागेको “दोस्रो म्योटो तीज फेस्टिवेल” को तयारी अन्तिम चरणमा पुगेको छ । आगामी अगष्ट २२ तारिख शुक्रबार “क्योटो एजुकेसन एण्ड कल्चरल सेन्टर” मा हुने कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित गायिका ज्योति मगर, खुमन अधिकारी लगायतका कलाकारहरुले प्रस्तुति दिने भएका छन् ।

उक्त सांस्कृतिक कार्यक्रमलाई “क्योटो नेपाली कम्युनिटी ” आयोजना गर्न लागेको हो । कार्यक्रममा नेपाली चेलिहरुलाई दर खुवाउने कार्यक्रमको रुपमा होस भनेर नेपालबाट आमन्त्रित कलाकार र जापानमै रहेका थुप्रै कलाकारले प्रस्तुति दिन लागेको आयोजक क्योटो नेपाली कम्युनिटीका अध्यक्ष नरेश ओलीले जानकारी दिए ।

उनले भने, क्योटो नेपाली कम्युनिटी ” भर्खरै गठन भएको कमिटी हो । हामीले थुप्रै समाजिक कार्य गर्ने उद्देश्यले कमिटी बनाएका हौं । विशेषत: क्योटोमा रहेका नेपालीहरुबीचको एकता र यस क्षेत्रमा भएका नेपालीहरुको समस्या सम्बोधन गर्ने र एकअर्कालाई सहयोग सद्भाव रहोस् भन्ने हो ।”

साथै, पछिल्लोपटक नेपालीहरुले विदेशमा गर्ने सांस्कृतिक कार्यक्रमहरुमा सबैभन्दा बढी जापानमन हुने गरेका छन् । जापानमा नेपालीको सङ्ख्या बढ्दोउत्तरि रुपमा रहेर पनि होला पछिल्लो समय जापानमा प्रत्येक महिना जस्तो, संस्थैपिच्छे विभिन्न नेपाली सांस्कृतिक महोत्सवहरु हुँदै आएका छन् ।

त्यस्तै आउदै गरेको तीजको अवसरमा जापानमा दर्जनौं सांस्कृतिक कार्यक्रमहरुका पोस्टरहरु सार्वजनिकसमेत भएका छन् । कतिपय  एउटै सहरमा २ भन्दाबढी कार्यक्रमहरुसमेत आयोजना गरिएको छ ।