अन्तिम समयमा एमाले केन्द्रिय समिति बैठक स्थगित

everest kitchen

काठमाडौं, १० भदौं । अन्तिम समयमा आएर नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि भदौं १३ गते बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको हो ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान संशोधन मस्यौदा माथि आएको सुझाव ब्यवस्थित गर्न समय लागेकाले भदौं १३ गतेको बैठक स्थगित गरिएको हो । विधान महाधिवेशनमा लैजाने प्रस्ताव माथि छलफल गर्ने प्रयोजनका लागि १३ भदौमा बैठक बोलाइएको थियो ।

एमालेको दोस्रो विधान महाधिवेशन २०–२२ भदौमा तोकिएको छ ।