बर्लिन, १२ भदौं । जर्मन संसदले स्वैच्छिक सैन्य सेवा विधेयक पारित गरेको छ ।
यो बिधेयक पारित भएपछि जनताले आफ्नो इच्छाअनुसार सेनामा काम गर्न पाउनेछन् । रुसबाट सुरक्षा खतरा महसुस गर्दै यो जर्मन संसदले यो बिधेयक पारित गरेको हो ।
बिधेयकमा उल्लेख नियमअनुसार १८ वर्ष वा सोभन्दा माथिका युवाले क्षमताअनुसार सेनाको फारम भरेर ६ महिनाको तालिम लिन सक्नेछन् । जर्मनीका
रक्षामन्त्री बोरिस पिस्टोरियसले यस योजना अन्तर्गत रिजर्भ सैनिकको संख्या दोब्बर हुने बताएका छन् । यीमध्ये केही युवालाई सेनामा पनि जागिर दिइने छ । जर्मनीमा हाल १ लाख रिजर्भ सैनिक छन् । रक्षामन्त्रीले सन् २०३० सम्ममा सेवामा रहेका सैनिकको संख्या १ लाख ८० हजारबाट २ लाख ६० हजार पु¥याउन चाहेको बताए । र, उनले भने, ‘यो बिधेयक पारित भए पछि जर्मनीको सुरक्षा बलियो बनाउन सकिन्छ।’
तर, जर्मन चान्सलर फ्रेडरिक मर्ज भने यस विधेयकबाट खुसी छैनन्। मर्जले जर्मनीमा भर्तीको पुनः परिचयको वकालत गरिरहेका छन्।