बाजुरामा दुई पक्षबीच झडप, तीन जना घाइते

everest kitchen

बाजुरा । बाजुरामा दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको त्रिवेणी नगरपालिका २ स्थित गाउँमा आयोजित देउडा कार्यक्रममा दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका हुन् ।

रातिको समय करिब १ बजेतिर भएको झडपमा परेर त्रिवेणी नगरपालिका ३ का १८ वर्षीय मनोज साउँद, २२ वर्षीय दिनेश साउँद र १६ वर्षीय तपेश साउँद घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार मनोज साउँदको घाँटी, निधार र दाँहिने हातमा चोट लागेको छ भने दिनेश साउँदको घाँटी र बाँया पाखुरामा चोट लागेको छ ।

त्यस्तै तपेश साउँदको दाँहिने हातको नाडीमा सामान्य चोट लागेको बुझिएको छ । घाइतेहरुलाई आफन्तले उपचारका लागि धनगढी लगेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक डिएसपी इकवाल हवारीले बताए । घटनामा संलग्न एक जनालाई  नियन्त्रणमा लगिएको र घटनामा संलग्न  अन्यको खोजी कार्य भइरहेको उनले बताए ।