तमोर करिडोर दुर्घटना : मृतक र घाइतेहरुको पहिचान खुल्न बाँकी

everest kitchen

फिदिम तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका वडा नं ३ रानीगाउँको कार्तिकेमा भएको बोलेरो जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ

दुर्घटनामा ६ जना घाइते भएका छन् घाईतेहरुलाई उपचारको लागि धरान पठाईएको प्रहरीले जनाएको छ मृतक र घाईतेहरुको पहिचान हुन बाँकी रहेको बताइएको छ

ताप्लेजुङबाट धरान तर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको जीप सडक बाट करिब ५ सय मिटर तल खसेको थियो दुर्घटनामा तीन महिला र तीन पुरूषको घटना स्थलमै मृत्यु भएको हो घाइतेहरुको उद्धारमा नेपाली सेना वीरदल गण र नेपाल प्रहरी घटिएको छ

पाँच घाइतेलाइ धरान र एक जनालाई थप उपचारको लागि फिदिम पठाइएको छ मृतकको पहिचान सहितको थप विवरण आउन बाँकी छ