बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बाजुरामा समस्यासँगै अथाह सम्भावना पनि रहेको बताएका छन् ।
शुक्रबार प्रथम छेडेदह क्रिकेट कप प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
बाजुरा हरेक समस्या संगै गुर्जिरहेको छ । ति समस्या साथ अनेकौं सम्भावनाहरु पनि छन् । अब हरेक सम्भावनाहरुको उजागर गर्न जरुरी छ ।’ मेयर बोहराले भने, ‘विभिन्न प्रतियोगिताका माध्यमद्वारा अनेकौं सम्भावनाहरुको उजागर गर्नेछौं ।’
बाजुरा खेलकुद क्षेत्रमा अझै अब्बल रहेको बताउँदै नगर प्रमुख बोहराले बाजुरालाई खेल क्षेत्रकै माध्यमबाट विश्वसामु चिनाउन आफू कुनै कदम पछि नहट्ने बताएका हुन् ।
उनले भने, ‘बाजुरामा खेल क्षेत्रमा भविष्य बोकेका थुप्रै खेलाडीहरु छन् । ती खेलाडीहरुको सपना जसरी पनि साकार पार्नेछौ ।’