काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सूर्य भगवानको आराधना गरी श्रद्धा, भक्ति र आस्थाका साथ मनाइने पवित्र पर्व छठको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गरेका छन् ।
खड्काले जारी गरेको शुभकामना सन्देशमा ‘छठ’ पर्व नेपाली समाजमा धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक एकताको अद्वितीय प्रतीकका रूपमा स्थापित भएको उल्लेख गरिएको छ । उनले यो पर्वले समुदायमा सामूहिक भावना, अनुशासन, पारिवारिक एकता र सामाजिक सद्भाव प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि बताएका छन् ।
उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतायुक्त देश भएकाले यहाँका विविध चाडपर्वहरूले आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको भावना सुदृढ पार्दै आएको बताए ।
उनले यस्ता पर्वहरूले सामाजिक सम्बन्धलाई बलियो बनाउने मात्र नभैइ, राष्ट्रिय पहिचान र समृद्ध समाज निर्माणमा समेत योगदान पु¥याउँदै आएको बताए ।
खड्काले श्रद्धा र भक्ति सहित मनाइने ‘छठ पर्व’ले सबैका घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गरोस् र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गरोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।










