नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा रबिन्द्र “गोर्खाली” विजयी 

everest kitchen

टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौँ अधिवेशनको नोभेम्बर २३ मा टोकियोमा सम्पन्न भएको छ । अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि रबिन्द्र श्रेष्ठ “गोर्खाली” अध्यक्षमा विजयी भएका छन् ।

८६ जना सदस्य रहेको रहेको शाखामा ७७ मत खसेको थियो । अध्यक्षका उम्मेदवार राजन गौतमले ३२ मत प्राप्त गर्दा श्रेष्ठले ४४ मत प्राप्त गरेका थिए । श्रेष्ठ निवर्तमान उपाध्यक्ष र   गौतम निवर्तमान सचिव हुन ।

त्यस्तै उपाध्यक्ष, महिला उपाध्यक्षमा र सचिव पदमा मतदान भएको थियोे । जसमा खुला उपाध्यक्ष मनिषा चौलागाईं, महिला उपाध्यक्ष लक्ष्मी पौडेल र सचिवमा अर्जुन लामिछाने विजयी भएका छन् ।  अन्य पदहरुमा भने सर्वसहमत रहेका थिए ।

निर्विरोध हुनेहरुमा सहसचिव विष्णुप्रसाद सापकोटा र फुर्वा शेर्पा, कोषाध्यक्ष भुलबहादुर राना निशान, सदस्यहरु दिनेश थापा, दुर्गाप्रसाद आचार्य, भवानी भट्ट, भुवन भण्डारी, रामचन्द्र गिरी, विनोद ढकाल रहेका छन् ।