नेफिन मलेसियाले देउसी खेलेको रकमबाट बाढि पीडितहरुलाई सहयोग र बाँकी रहेको रकमबाट बिरामि र जेलमा रहेका नेपालीको उद्दार गर्ने

everest kitchen

नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले तिहारमा देउसी खेलेर उठाएको रकमबाट इलाममा बाढिपहिरोमा परेर जनधनको क्षति भएका पीडितहरुलाई सहयोग गरेर बाकि रहेको रकम मलेसियाकै जेलमा रहेका नेपाली र बिरामि उत्तम गोलेलाई उपाचारार्थ सहयोग गर्ने भएको छ ।
महासंघ मलेसियाको बैठकले सो निर्णयहरु गर्दै आगामि दिनमा महासघले सामाजिक कार्यहरुमा सक्दो अग्रसर र सक्रिय भएर काम गर्ने बताएको छ । साथै यहि फेब्ररअरी महिनामा हुने चाइनिजन्यू इयर कार्यक्रममा चिट्ठा कार्यक्रम गरेर सो कार्यक्रमबाट आएको फाइदा पनि सामाजिक काममा लगाउने निर्णय गरेको छ ।