र्मुमु (सन्थाल) समाज मलेसिया पनि नेफिन मलेसियामा आबद्ध

everest kitchen

नेपालका आदिवासी जनजातिहरुको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ मलेसिया शाखामा नेपालका आदिवासी समुदाय र्मुमु अर्थात सन्थाल समुदाय पनि थपिएको छ ।
हाल सम्म राई, गुरुङ्ग, लिम्बु, मगर, तामाङ्ग, शेर्पा, थारु र थामि गरी आठ वटा जातिय संगठन आबद्ध भएको महासंघमा अब सन्थाल समुदाय पनि आबद्ध भएको छ ।
सन्थाल समुदायका अध्यक्ष सूनिलकूमार र्मुमु लगायत सम्पूर्ण समुदायलाई स्वागत गर्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पदमराज लिम्बुले मलेसियामा कुनै पनि सामाजिक काम होस वा सांस्कृतिक काम होस मिलेर अगाडी बढ्नुपर्ने बताउदै नवआगन्तुकहरुलाई स्वागत गर्नुभयो ।
महासंघले मलेसियाका अन्य केहि प्रदेशहरुमा पनि शाखा बिस्तार गर्ने योजना रहेको अध्यक्ष लिम्बुले जानकरी गराउनुभयो ।