क्रिसमस नजिकिँदै गर्दा त्यसको तयारी पनि सुरु भएको छ । पछिल्लो समय नेपालमा पनि क्रिसमस तामझामका साथ मनाउन थालिएको छ । क्रिसमस विशेषगरी इसाई धर्मावलम्बीहरुले मनाउने भएता पनि सबै समुदायका बालबालिकादेखि युवायुवतीहरु क्रिसमसको रमझममा रमाएको देख्न सकिन्छ । हरेक वर्ष डिसेम्बर २५ मा संसारभरका इसाई धर्मावलम्बीहरुले क्रिसमस मनाउँछन् । काठमाडौँ उपत्यकामा पनि क्रिसमस नजिकिएसँगै त्यसको रौनक सुरु भएको छ ।

























