Home समाचार एमाले महाधिवेशन स्थलमा महानगरको विशेष सरसफाई (तस्विरहरु)

एमाले महाधिवेशन स्थलमा महानगरको विशेष सरसफाई (तस्विरहरु)

everest kitchen

नेकपा (एमाले)ले आयोजना गरेको ११ औँ महाधिवेशनको बन्दसत्र स्थल भृकुटिमण्डपमा काठमाडौं महानगरपालिकाले विशेष सरसफाई गरिरहेको छ । महाधिवेशन अन्र्तगत मतदानमा प्रयोग भएका प्रचार प्रसारका सामाग्रीहरु लगायत फोहोरहरु महानगरले व्यवस्थित गरिरहेको छ । महानगरले सडक, खुला क्षेत्र तथा कार्यक्रमस्थल वरपरको फोहोर व्यवस्थापन र सरसफाई तीव्र बनाएको हो।