मलेसियाको जोहर राज्यमा श्रम नवीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

everest kitchen

जोहर, मलेसिया — प्रवासी नेपाली समन्वय समिति (पि एन सि सी) आई एल ओ प्रोजेक्ट अन्तर्गत २१ डिसेम्बर २०२५ मा जोहर राज्यको सेनाइस्थित नोर्थ लिंक स्यनर्जी डोर्मिटोरीमा श्रम नवीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो।

प्रवासी नेपाली समन्वय समिति (पि एन सि सि) जोहरका आउटरीच अफिसर सुरेन्द्र महतोको सञ्चालनमा सम्पन्न कार्यक्रममा करिब ४५ जना नेपाली श्रमिकहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण राजु तामाङ र मङ्गल तामाङले गर्नुभएको थियो।

कार्यक्रममा श्रम नवीकरणको महत्व, प्रक्रिया तथा फाइदाका विषयमा जानकारी दिइएको थियो।