काठमाडौं, २२ असार । राष्ट्रियसभाको बैठक बस्दैँछ ।
संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १२ः१५ बजेवाट सुरू हुनेछ ।
आजको बैठकमा बिनियोजन बिधेयक, २०८३ अन्तर्गत बिभिन्न शिर्षकहरू मध्ये ९ वटा मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
जसअनुसार युवा तथा श्रम रोजगार मन्त्रालय, सुचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय रहेका छन् ।
यसैगरी, स्वास्थ्य तथा खाध्ध स्वच्छता मन्त्रालय, भुमी, ब्यवस्था, सहकारी मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय, बिज्ञान प्रबिधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सबन्धित मन्त्रीहरूले बिनियोजन बिधेयक माथी जवाफ दिनेछन ।











