काठमाडौं, ३० असार । संघीय संसद अन्तर्गतका तीन समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय, सिंहदर परिसरमा उक्त बैठक बस्नेछन् ।
आजको सार्वजनिक लेखा समितिको बैठकमा विद्युतीय राहदानी छपाई सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ९ः०० बजेवाट सुरू हुनेछ ।
उता, अर्थ समितिको बैठक बिहानका ८ः३० बजेका लागि बोलाइएको छ । जुन बैठकमा नेपाल वीमा प्राधिकारणसँग देहायका विषयहरूमा जानकारी लिने कार्य गरिनेछ ।
आर्थिक बर्ष २०८२/८३ मा नेपाल वीमा प्राधिकारणबाट भए गरेका मुख्य मुख्य कामकारबाही सम्बन्धमा, वीमा क्षेत्रको नियमनमा रहेका नीतिगत एवं कार्यगत समस्या एवं चुनौतीहरूका सम्बन्धमा, बीमित हित संरक्षण एवं बीमा व्यवसायको जोखिम न्यूनीकरणका सम्बन्धमा भएका प्रयासहरू, नेपाल सरकारको स्वामित्वमा रहेका बीमा संस्थानरकम्पनीको ३ वर्षको कार्यसम्पादन स्थिति र उच्च कार्यसम्पादनको लागि बीमा प्राधिकरणको पहलकदमीका बारेमा छलफल गरिने भएको छ।
उता, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भने अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुनेछ । जुन बैठक बिहान ९ः०० बजेवाट सुरू हुनेछ ।











