कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग आफ्नो स्वामित्व नरहेको बताएका छन् ।
बिहीबार एक विज्ञप्ती जारी गर्दै उनले खड्का ल्याण्डमा आफ्नो स्वामित्व नरहेको बताएका...
मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश सांसदलाई सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेका छन्। बिहीबारदेखि लागू हुनेगरी उनीहरूको पद खोसिएको हो।
पदमुक्त हुनेहरूमा उर्मिला देवी सिंह(सर्लाही),मनिष कुमार सुमन(सप्तरी),संजय...
गृहमन्त्री एमालेको नेता जस्तो लाग्न थालेको छ : सुदन गुरुङ
काठमाडौँ । ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याल एमालेको नेताजस्तो लाग्न थालेको भन्दै आक्रोस् पोखेका छन् ।
बिहीबार नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै पुगेका उनले गृहमन्त्री अर्यालको एजेण्डा भनेको...
पूर्व उर्जामन्त्री खड्काले स्काउटको जग्गा हडपेर बनाएको संरचनामा महानगरले चलायो डोजर
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
स्काउटको जग्गा ओगटेर राखेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको...
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाभियोग दर्ता
जनकपुर । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाभियोग दर्ता गरिएको छ ।
सभामुख मण्डलले पदिय मर्यादा विपरित काम गरेको भन्दै ७ दलका ६४ जना सांसदले मधेश प्रदेश सभामा महाभियोग दर्ता गराएका छन् । महाभियोग...
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११:१५ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
सिंहदरवार संसद भवनस्थित समितिको बैठक कक्षमा आज बस्ने बैठकमा अध्यागमन विभाग...
विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपा माओवादी केन्द्रसहितको चार पार्टी सहभागि समाजवादी मोर्चाबाट अलग भएको छ ।
बुधबार पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्ति जारी गर्दै २०८० सालमा चार दलको सहभागितामा गठन...
मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै गौरमा प्रदर्शन
रौतहट । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया विरुद्ध सात दलले रौतहटको गौरमा विरोध प्रदर्शन गरेका छन् ।
नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी...
नेपाली कम्युनिष्टसँगको मिलनले विगतको बिछोडको घाउमा मलम लगाएको महसुस भएको छ : भीम रावल
काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिष्ट पार्टीसँग समाहित हुन पाउँदा विगतको बिछोडको आलो घाउमा मलम लगाएको जस्तो महसुस भएको बताएका छन् ।
बुधबार राष्ट्रिय सभागृहमा भएको सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट...
पार्टी एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको छ : सहसंयोजक नेपाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको सहसंयोजक माधव कुमार नेपालले पार्टीको एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा उनले एकताको अभियान अगाडि बढि रहेको देखेर कम्युनिष्ट...











