प्रतिनिधिसभा निर्वाचनमा जनसहभागिताप्रति गगन थापाको आभार व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले एक वक्तव्य जारी गर्दै मतदाताको सक्रिय सहभागिताले लोकतन्त्रप्रति नेपाली जनताको निष्ठा र प्रतिबद्धता पुनः स्पष्ट भएको बताएका छन् ।
थापाले प्रतिनिधिसभाको निर्वाचनमा देशभरका मतदाताले देखाएको उत्साहपूर्ण सहभागिताप्रति आभार...
प्रधानमन्त्रीको प्रशंसा गर्दै बालेनले भने : आज लोकतन्त्रले जित्यो ‘आमा’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन् ।
उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आज लोकतन्त्रले जितेको छ भन्दै प्रधानमन्त्री कार्कीको प्रशंसा गरेका हुन्...
देशभर शान्तिपूर्ण मतदान, केही स्थानमा सामान्य विवाद
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार मतदान समग्रमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो ।
दोलखा, सर्लाही...
प्रतिनिधिसभा निर्वाचनको मतदान देशभर शान्तिपूर्ण रूपमा सम्पन्न
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर भएको मतदान छिटपुट सामान्य घटनाबाहेक शान्तिपूर्ण तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको छ।
निर्वाचन आयोग द्वारा तोकिएको समयअनुसार बिहान ७:०० बजेदेखि सुरु भएको मतदान साँझ ५:०० बजे सम्पन्न भएको हो। आयोगका...
झापा–५ मा ४ बजेसम्म ९९ हजार ८१९ मत खस्यो
काठमाडौं । झापा–५ मा अपराह्न ४ बजेसम्म ९९ हजार ८१९ मत खसेको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल खसेको मतमध्ये ५३ हजार ६५६ महिला र ४६ हजार १६३ पुरुष मतदाता रहेका छन् ।
मतदान बिहानैदेखि...
दोलखाको मालु मतदान केन्द्रमा अर्को मितिमा मतदान हुने
रामेछाप । दोलखाको तामाकोशी गाउँपालिका–४ को मालु मतदान केन्द्रमा स्थगित भएको मतदान अर्को मितिमा हुने भएको छ ।
बुथ कब्जाको प्रयास भएपछि रोकिएको मतदान अब अर्को मितिमा हुने भएको हो । स्थगित मतदानका लागि अर्को...
प्रधानमन्त्री कार्की र कतारका समकक्षीबीच फोनवार्ता : ३ लाख ६० हजार नेपालीको सुरक्षामा ध्यान...
काठमाडौं । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अलथानीसँग टेलिफोन वार्ता गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले विहीबार दिउँसो कतारका समकक्षी अलथानीलाई टेलिफोन गरी पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित पछिल्ला...
जनताले परिवर्तन र विकासका पक्षमा मतदान गरिरहेका छन् : दीपक बहादुर सिंह
होटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार दीपक बहादुर सिंहले मतदान गरेका छन् ।
सिंहले आज बिहान हेटौँडास्थित सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर...
फागुन २१ गते मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हो : ओली
काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गतेलाई मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिनका रुपमा स्मरण गरेका छन् ।
विहीबार सामाजिक संजाल फेसबुकमार्फत उनले फागुन २१ गते सुखानी शहीद दिवस साथै...
शेखर कोइरालाले गरे मतदान
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले मतदान गरेका छन् ।
मोरङ क्षेत्र नं ६ का उम्मेदवार कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित आदर्श माविमा रहेको मतदान केन्द्र पुगेर मतदान गरेका हुन् ।









