भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौँ । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ । प्याजको उत्पादन बढेपछि भारत सरकारले यस्तो निर्णय गरेको हो । भारतले आजबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको वाणिज्य मन्त्रालयले जानकारी दिएको छ । यो वर्ष...

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको पुरानो नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ नोटको डिजाइन गर्न स्वीकृति दिएको छ। मन्त्रिपरिषद्को बैठकले सय रुपैयाँ नोटको डिजाइन परिमार्जन गर्न...

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

काठमाडौं, १९ बैशाख । काठमाडौं महानगरपालिकाले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ । महानगरले ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको हो। महानगरको राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरेर ग्यारेज...

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्र मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका १४ नाका खुल्ने बताएका छन्। मेरियट होटलमा आयोजित नेपाल र चीनबीच हरित कृषि मित्रताको पुल निर्माण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपाल र चीनबीचको...

विदेशी मुद्राको विनिमय दर सार्वजनिक, कुन मुद्रा कतिमा हुँदैछ काराेबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ...

लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत

काठमाडौ । तेस्रो लगानी सम्मेलन आज पनि काठमाडौँमा जारी रहनेछ । होटल सोल्टीमा हिजो देखि सुरू भएको लगानी सम्मेलनको उद्घाटनपछि  पहिलो दिन दुईवटा विशेष सत्र सञ्चालन  भएका थिए । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी...

नेपाल मलेसियाबीच व्यापार तथा लगानी प्रवर्धन गर्ने सम्झौता

काठमाडौँ । आजदेखि शुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन दुई विषयमा सम्झौता भएको छ । लगानी बोर्डका अनुसार डेटा सेन्टर निर्माण तथा सञ्चालनका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको...

विश्व बजारका लागि पनि नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो- चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तराष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन् । काठमाडौंमा आज शुरु इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिटको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले विश्वको तुलनामा सस्तो...

शुरु भयो लगानी सम्मेलन

काठमाडौँ । आजदेखि दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौँमा शुरु भएको छ ।  होटल सोल्टीमा हुने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् । पहिलो दिन दुईवटा विशेष सत्र सञ्चालन हुनेछन् । ‘नेपालमा...

आजदेखि लगानी सम्मेलन, १५० परियोजना प्रस्तुत गरिदै

काठमाडौँ ।आजदेखि दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौँमा शुरु हुदै छ । होटल सोल्टीमा हुने लगानी सम्मेलनको उद्घाटनपछि  पहिलो दिन दुईवटा विशेष सत्र सञ्चालन हुनेछन् । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको...