प्रहरी अधिकारीहरुले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं । नेपाल प्रहरीका उच्च अधिकारीहरुले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश सारङ्गा सुवेदीको इजलासमा प्रारम्भीक सुनुवाइ भएको सो रिटमा...
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त
काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रीले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस...
एनसेलको लाइसेन्स नवीकरण गर्ने सरकारको निर्णय, ब्याजसहित चार किस्तामा रकम बुझाउने सुबिधा
काठमाडौं । सरकारले निजी दूरसञ्चार प्रदायक एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलको लाइसेन्स नवीकरण गर्ने गरेको हो ।
सरकारले पाँच वर्षका लागि एनसेलको लाइसेन्स नवीकरण गरेको हो ।...
मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त
काठमाडौं । सरकारले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ ।
विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले हाल गृहसचिव रहेका अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो । योसँगै अर्याल २७औं मुख्यसचिव बनेका छन् ।
२०७७ भदौमा सचिवमा बढुवा भएका...
एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेछ ।
बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
बैठकले...
एकीकृत समाजवादीमा झाँक्री गुटबन्दीको शिकार, कस्तो बन्यो पदाधिकारी ?
काठमाडौं । नेकपा एकीकृत समाजवादी चरम गुटबन्दीको शिकार भएको महाधिवेशनदेखि पदाधिकारी निर्वाचनसम्म आउदा प्रष्ट भएको छ । महाधिवेशनमा सहमतिमै केन्द्रीय समिति र पदाधिकारी चयन गर्ने भन्दै निर्णय गरेपनि अन्तत: पदाधिकारीको चयन मतदानबाट गरिएको छ...
इलामको माइभ्याली सामुदायिक वनका तत्कालिन अध्यक्ष र कोषाध्यक्षविरुद्ध मुद्धा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोल बहादुर कार्कीविरुद्ध मुद्धा दायर गरेको छ ।
अख्तियारले कार्कीले २०७० सालदेखि ठेकेदार र अध्यक्षसमेत भई काबेली कोरिडोरको तार विस्तार गर्ने...
एआइजी ज्ञवालीसहित पाँच प्रहरी सर्वोच्च अदालतमा
काठमाडौं- उमेर हदका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीहरू सर्वोच्च अदालत पुगेका छन्।
प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीसहित पाँच जनाले बुधबार सर्वोच्च अदालतमा निवेदन दिएका हुन्।
निवेदन दिने अन्य प्रहरी अधिकृतहरूमा प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोखरेल,...
अग्नि सापकोटाविरुद्धको मुद्दामा आज पनि आएन फैसला
काठमाडौं । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको अपहरण तथा हत्यासम्बन्धी मुद्दाको बुधबार पनि फैसला भएन । सर्वोच्च अदालतले पेशी तोकिए पनि निर्णय भने सुनाएन ।
यसअघि बहस भएर निर्णय सुनुवाइ बाँकी रहेका...
जापानले नेपाललाई ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने
काठमाडौ । जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजना अन्तर्गत नेपाल सरकारलाई करिब ४२ करोड ३० लाख नेपाली रुपैयाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ ।
यस सम्बन्धी...










