प्रधानमन्त्री ओली भन्छन्- पार्टी बैठक बालुवाटारमा राख्दिन
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नराख्ने बताएका छन् । बिहीबार बिहान उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक...
संक्रमणकालीन न्यायसम्बन्धि कार्यदलको बैठक आज बस्दै
काठमाडौँ । संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक आज बस्दै छ ।
आज बिहान साढे सात बजे सिंहदरबारस्थित गृह मन्त्रालय बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक...
कारागारको भौतिक संरचना थप्नु आवश्यक छ- गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकभरका कारागारमा कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा बढी रहेकाले कारागारको नयाँ भवन निर्माण र भौतिक संरचना थप्नु आवश्यक भएको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री...
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ राजदूत सोङको भेटवार्ता
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन् ।
उद्योग मन्त्रालयमा बुधबार भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र जनवादी गणतन्त्र चीनबीचको सम्बन्ध ऐतिहासिक तथा...
कृषि समितिकी सभापति थापाले लिइन् शपथ
काठमाडौं । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति कुसुमदेवी थापामगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
बुधबार संसद सचिवालयमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले थापालाई शपथ दिलाएका हुन् । थापा निर्विरोध समितिको...
राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
बुधबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्दै गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्य सुस्त भएको बताए । ‘राष्ट्रिय...
उपप्रधानमन्त्री सिंहले गरे निर्माणाधीन संसद भवनको अवलोकन
काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद भवनको अवलोकन गरेका छन् । मंगलबार बिहान स्थलगत अवलोकन गरेपछि मन्त्री सिंहले निर्माण निर्माण कार्य छिटो सम्पन्न गरेका छन् ।
२०७६ साल असोज १६ गते...
कोशीमा मन्त्री छान्न कांग्रेसभित्र सकस
विराटनगर । नेपाली कांग्रेसलाई कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्री छान्न सकस परेको छ ।
आकांक्षी धेरै भएपछि काँग्रेसले मन्त्री छनौटको मापदण्ड बनाएको छ । विराटनगरमा बसेको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारमा सहभागी हुने...
उच्चशिक्षाका लागि विद्यार्थी विदेशिने क्रमलाई स्वदेशमै सृजना गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्चशिक्षाका लागि नेपाली विद्यार्थी विदेशिने क्रमलाई देशमा नै अवसर प्रदान गर्नुपर्ने बताएका छन् ।
सो विश्वविद्यालयको साधारणसभा बैठक (सिनेट) मा...
सहमति बमोजिम दुई वर्ष पुग्नु एक साता अघि राजीनामा दिन्छु- ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको र छुट हुन नदिइने बताए ।
नेपालका सरकारका सचिवहरुलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्देशन...










