एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा बुझाएका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसंगै मन्त्रीहरुले प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजीनामा प्रधानमन्त्रीलाई बुझाएका हुन् । यस अघि एमालेले...

मलाई पार्टी बैठकमा ह्यारेसमेन्ट गरियो- महामन्त्री ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठकमा आफुलाई ह्यारेसमेन्ट गरेको आरोप लगाएका छन् । पार्टीको बैठकपछि बोल्दै महामन्त्री ढकालले बैठक लाइभ नगर्ने भए आफु नबोल्ने भनेर शुरुमै...

सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरको छ । सो निर्णय गरेसँगै एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले पनि आज नै प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने भएका छन्...

गिरिजाप्रसाद कोइरालाको जन्म जयन्तीमा फोटो प्रदर्शनी, प्रधानमन्त्रीको अवलोकन

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा ऐतिहासिक फोटो प्रदर्शनी गरेको छ । नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा ‘क्रान्ति देखि शान्ति...

सानेपामा ओलीको भव्य स्वागत

काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस मुख्यालय सानेपामा भव्य स्वागत गरेको छ । कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ नामक फोटो प्रदर्शनी अवलोकनमा सहभागी हुन...

राजनीतिक दलहरूसँग सुझाव माग्ने सहकारी छानबिन समितिको निर्णय

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूलाई समस्या समाधानका लागि सुझावहरू लिखित रूपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ । मंगलबार सहकारी छानबिन विशेष...

प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी नियुक्त

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारी नियुक्त भएका छन् । सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई सचिवमा नियुक्त गरेका हुन् । संखुवासभा खाँदबारी नगरपालिका-२ निवासी अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट अवकाश भएका थिए । प्रतिनिधिसभा...

प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह

काठमाडौं । नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । मंगलबार अपराहन्न बसेको पार्टी सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका...

प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससहितको सरकार बनाउने पहल शुरु गरेको आरोप लगाएको छ । एमालेको सचिवालय बैठकपछि निर्णय बारे जानकारी दिदै उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई सहमतिको सरकार गठनको प्रस्ताव...

सत्ता समीकरण परिवर्तन हुदैन- प्रवक्ता शर्मा

काठमाडौँ । सत्ता समीकरण परिवर्तन हुने बाहिर हल्ला भएका कुरा असत्य भएको सरकारले बताएको छ । सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्को बैठकपछि बोल्दै  प्रधानमन्त्रीले क्याबिनेटमा ब्रिफिङ गरेको बताउदै सत्ता समीकरण परिवर्तन नहुने बताएकी छन् । उनले...