Home Blog Page 10
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ७०...
काठमाडौं । अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले ‘स्वदेश फिर्ती र पुनःएकिकरण’ विषयक राष्ट्रिय परामर्श बैठकको आयोजना गरेको छ । पौष ४ गते आयोजित ‘स्वदेश फिर्ती र पुनःएकिकरण’ विषयक राष्ट्रिय परामर्श बैठक एम्स्टर्डम विश्वविद्यालय र सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटीको सहकार्यमा गरिएको हो । पुन एकीकरण परियोजनाको तर्फबाट बिद्यावारिधि सोधार्थी, रोजिका महर्जनले ‘फर्किएका आप्रवासी...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत कार्यक्रममा उनले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको भन्दै अहिलेको नेतृत्व र पुस्ताले भत्किएका जलेका संरचनाहरु बनाउने मात्र होइन बदल्ने पनि काम गर्ने बताए । जेनजीले गरेको अभियान र त्यागलाई क्रान्तिमा बदल्नको लागि दत्तचित्त...
रौतहट । जनकपुरधाममा हिन्दूवादीहरुले बांगलादेश विरुद्ध प्रदर्शन गरेका छन् । आईतबार साँझ विभिन्न हिन्दूवादी संघ संस्थाले संयुक्त रुपमा बांगलादेश विरुद्ध प्रदर्शन गर्नुका साथै पुतला दहनसमेत गरेका छन् । २ दिन अघि बांगलादेशमा निर्ममतापूर्वक हिन्दू समुदयाका दिपु चन्द्र दासलाई केही मुस्लिम समुदायका व्यक्तिहरुले कुटपीट गरी जिउँदै जलाएको घटनाप्रति आक्रोस जनाउँदै जनकपुरधामका हिन्दूवादीहरुले विरोध गरेका छन् । उनीहरुले हिन्दू समुदायलाई एक हुनसमेत आग्रह...
जोहर, मलेसिया — प्रवासी नेपाली समन्वय समिति (पि एन सि सी) आई एल ओ प्रोजेक्ट अन्तर्गत २१ डिसेम्बर २०२५ मा जोहर राज्यको सेनाइस्थित नोर्थ लिंक स्यनर्जी डोर्मिटोरीमा श्रम नवीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो। प्रवासी नेपाली समन्वय समिति (पि एन सि सि) जोहरका आउटरीच अफिसर सुरेन्द्र महतोको सञ्चालनमा सम्पन्न कार्यक्रममा करिब ४५ जना नेपाली श्रमिकहरूको सहभागिता रहेको थियो।...
काठमाडौं । संघीय संसद अन्तर्गत आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो । आज बस्ने विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसँग छलफल गरिने कार्यसूचीमा तय गरिएको छ । आज बस्ने संयुक्त...
काठमाडौं । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्माणार्थ प्रस्तुत गर्ने कार्यतालिका छ । मधेस प्रदेश सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले उम्मेदवारी दर्ता...
काठमाडौं । पछिल्लो समय विश्वभर योग, ध्यान र साधनाप्रति मानिसहरुको लगाव बढेको पाइन्छ । जीवनमा सकारात्मक परिवर्तन ल्याउन ध्यानको अझ ठूलो महत्व छ । नेपालमा ध्यानप्रतिको आकर्षण बढ्दै गएको छ । यसै सिलसिलामा जीवन विज्ञानका संस्थापक मध्येका एक एलपी भानु शर्मासँग अमेरिका जानु भन्दा पहिले नेपाल न्यूज बैंकले कुराकानी गरेको छ । ध्यान के हो ? किन गर्ने ? योग,...
काठमाडौं । आज डिसेम्बर २१ तारिख अर्थात विश्व ध्यान दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ । संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो । गत वर्ष डिसेम्बर ७ मा राष्ट्रसंघको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि...
काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट बङ्गालले जितेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको थियो । हिजो भएको खेलमा इस्ट बङ्गालले नेपालको एपिएफ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । इस्ट बङ्गलाको जितमा कप्तान फजिला...
- Advertisement -

POPULAR POSTS