Home Blog Page 100
ह्वासङ, दक्षिण कोरिया — दक्षिण कोरियाको ह्वासङस्थित एक प्लास्टिक कम्पनीमा कार्यरत लमजुङका युवा दिवस तामाङको काम गर्ने क्रममा मेसिनमा च्यापिएर निधन भएको दुःखद खबर प्राप्त भएको छ। स्व. तामाङको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै, गहिरो श्रद्धाञ्जलि अर्पण गरिनुका साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ। घटनापछि घटनाको सत्य तथ्य बुझ्न गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरिया की अध्यक्ष...
काठमाण्डौं, साउन १४ — पक्षाघातका कारण शारीरिक रूपमा असक्त बनेका नेपाली नागरिक श्री सुजन सार्की तीन वर्ष लामो कठिनाइपछि २०८२ साउन १४ गते काठमाडौंमा आफ्ना परिवारसँग पुनर्मिलन गर्न सफल भएका छन्। श्री सार्की मलेसियामा सुरक्षा गार्डको रूपमा कार्यरत थिए। तर पक्षाघातका कारण शरीरको बायाँ भागमा समस्या आएपछि उनी उक्त कामलाई निरन्तरता दिन असमर्थ भए। त्यसपछिका दिनहरूमा वैधानिक रूपमा कार्यरत कम्पनी...
काठमाण्डौं, साउन १५ — मलेसियास्थित नेपाली दूतावासको तीन महिनाको अविचल प्रयासपछि शारीरिक र मानसिक रूपमा पीडित एक नेपाली नागरिक (नाम गोप्य राखिएको) २०८२ साउन १५ गते नेपाल फर्कन सफल भएका छन्। उनी पेनाङस्थित ग्रीन ब्यारेट सेक्युरिटी कम्पनीमा कार्यरत थिए। तर मिति २०८२ बैशाख ११ गते, कम्पनीबाट भागेर मलेसियास्थित नेपाली दूतावासमा पुगेका थिए र नेपाल फर्काउने व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए। दूतावासले...
आवाजा (तुर्कमेनिस्तानं), २० साउन । प्रधानमन्त्री केपी शर्मा ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । तुर्कमेनिस्तानमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा भएको उनीहरुको भेटवार्ता भएको हो ।   दुवै देशका सरकार प्रमुखका दुई मुलुकबीचको अपसी सम्बन्ध र हितका विविध विषयमा कुराकानी भएको हो । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद...
काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सम्पन्न भएको छ ।   गत साउन १६ गतेदेखि सुरु भई चार दिनसम्म चलेर आज सकारात्मक निष्कर्षसहित सम्पन्न भएको हो।   बैठकले पार्टी एकताको महत्वमा जोड दिँदै, छलफलमा स्वतन्त्रता र कार्यान्वयनमा एकरूपताको सिद्धान्त सबैले अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार निजी स्वार्थमा केन्द्रित, पार्टी हितविरुद्ध क्रियाशील स्वार्थ...
काठमाडौं, १९ साउन । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले कोदोको महत्व र उत्पादन प्रवर्द्धनमा राज्यको ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।   नेपाली खाना प्रवर्द्धन अभियानले राष्ट्रिय कोदो दिवसको अवसरमा आयोजना गरिएको “कोदोको १० परिकारको डेमो प्रदर्शन समारोहमा” मा सहभागी हुँदै मन्त्री खड्काले कोदोजस्ता स्थानीय अन्नबालीको वैज्ञानिक संरक्षण, व्यावसायिक उत्पादन र परिकारमार्फत राष्ट्रिय खाद्य सुरक्षामा योगदान पुर्‍याउन सकिने बताए...
काठमाडौं, १९ साउन । कक्षा १२ को परीक्षाको नतिजा सार्बजनिक भएको छ  । राष्ट्रिय परीक्षा बोर्ड बैठक सम्पन्न भए लगत्तै कक्षा १२ को परिक्षा नतिजा नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np अथवा  neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np  बाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । यो वर्ष १२ को परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार परीक्षार्थी...
काठमाडौं, १९ साउन ।  नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग तथा आवश्यकतालाई ध्यानमा राख्दै दक्ष, प्रतिस्पर्धी, सीपयुक्त र उद्यमशील जनशक्ति उत्पादन गर्न 'राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति नियमावली, २०८२' जारी गरेको छ। नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ को नियम ४ (२)  बमोजिम, मन्त्रिस्तरीय निर्णयअनुसार २०८२ साउन १६ गते उक्त नियमावली लागू गरिएको हो। नियमावलीले स्वदेश तथा विदेशमा रोजगारीका लागि उपयोगी हुने विभिन्न...
क्वालालम्पुर, नेपाल आधिवासी जनजाती महासंघ मलेसिया शाखाको चौंथो अधिवेशन पदम राज लिम्बुको अध्यक्षतामा १७ कार्य समिति निर्वाचित हुदै भब्यताको साथ सम्पन्न भएको छ। निर्वाचित हुनेहरुमा अध्यक्ष पदम राज लिम्बु, बरिष्ठ उपाध्यक्ष ङावाङ नुरी शेर्पा, उपाध्यक्ष बिक्रम वाइबा, किसन गुरुङ, महिला उपाध्यक्ष बिनु राई, महासचिव सन्जिब स्याङ्बो तामाङ, सचिव यज्ञ कुमार राई, कोषाध्यक्ष अनिता थापा मगर, सह कोषाध्यक्ष मिङ्मा शेर्पा, सदस्यहरु...
पर्सा, १८ साउन ।  आफ्नै श्रीमती २४ वर्षीया अस्पतलिया देवीको हत्या गरेको अभियोगमा थप एकजना पक्राउ परेका छन् । जिरा भवानी गाउँपालिका–५ शंकरसरैया मुसहर टोल बस्ने २६ वर्षीय जितन माझीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । जितनले वादविवादको क्रममा  कुटपिट गर्दा अस्पतलियाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट शंकरसरैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस...
- Advertisement -

POPULAR POSTS