Home Blog Page 118
काठमाडौं, ५ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १४ किलो २ सय १० ग्राम सहित भारतीय नागरिक पक्राउ परेका छन् । ३२ वर्षीय धर्मेस रसिकवाइ चुनारा सोमबार दिउँसो पक्राउ परेका छन् ।  थाई एयरलाइन्सको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो...
कास्की, ५ साउन । १२ लाख भन्दा बढी नगद चोरीमा संलग्न एक पक्राउ परेका छन् । सो अभियोगमा माछापुछ्रे गाउँपालिका–९ घर भएका २३ वर्षीय ओम बहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–५ मालेपाटनस्थित दाङ भ्याली फ्रेस हाउसका संचालक संगिता भण्डारीको कोठाबाट नगद १२ लाख ३० हजार रूपैयाँ शुक्रबार राति चोरी भएको थियो । सो घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय...
काठमाडौं, ५ साउन । नेकपा एमालेको जारी नवौं केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्न सुरु गरेका छन् । बैठकमा सहभागी एक दिएको जानकारी अनुसार  गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यहरुले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राखेको विधान संसोधनका विषयमा धारणा राख्न सुरु गरेका हुन् । बैठकमा बोलेका केन्द्रीय सदस्यहरु राजिव पहारी, पदम गीरी, रविन्द्र अधिकारी, सूर्य पाठक, रामशरण बस्नेत, इन्द्रलाल सापकोटा, प्रभा कोइराला, बालकृष्ण...
एनआरएनए मलेसियाको सर्वपक्षिय भेलाबाट पारित भएको एकता अधिवेशन भाडिएको छ । अगस्ट ३० र ३१ मा हुने भनिएको एकता अधिवेशनमा एनआरएनएका सबै पदाधिकारीहरुले सहमति गरेर हस्ताक्षर गरेता पनि एक दिन पछाडि एक्कासी भाडिएपछि एकता संवाद भेलामा उपस्थित सबै अतिथिहरु आश्चर्य चकित भएका छन् । सबैजनाले सहमति जनाएर खुसि ब्यक्त गर्दै सकिएको बैठकको एक दिन पछाडि सहमति भाडिएपछि एनआरएनए अब फेरी दुई...
सञ्जय मिश्रा बिरगंज ४ साउन। फरार प्रतिवादीहरूको खोजी र नियन्त्रणका लागि पर्सा प्रहरीले सञ्चालन गरेको विशेष अभियान निकै प्रभावकारी देखिएको छ। अभियान अन्तर्गत प्रहरीले हालसम्म १५ सय भन्दा बढी फरार प्रतिवादीलाई पक्राउ गरी ७३ बर्ष भन्दा बढी कैद र साढे ३ करोड रुपैयाँ राजश्व संकलन गरिएको छ। अदालत बाट दण्ड जरिवाना तोकिएर लामो समय देखि भारत र नेपालको विभिन्न स्थानमा लुकिछिपी बसिरहेका...
मलेसिया, ४ साउन ।मलेसियामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अधिवेशन ३० र ३१ अगष्ट, २०२५ मा गर्न सहमति जुटेको छ । आईतवार क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा आयोजित ‘एकताको निम्ति बृहत भेला’ ले अधिवेशनको गर्न सहमति जुटेको हो । मलेसियामा रहेका विभिन्न संघ, संस्था, गैर आवासिय नेपाली संघ मलेसियाका संरक्षक, पूर्व अध्यक्ष, पदाधिकारी तथा विभिन्न संघ सगठनको सहमतिमा मिति तय गरिएको...
२० जुलाई २०२५, क्वालालम्पुर – गैर आवासीय नेपाली संघ (NRNA) मलेसिया भित्रको लामो समयदेखि चल्दै आएको आन्तरिक विवादको समाधान आज एक महत्त्वपूर्ण मञ्चमा भएको छ। क्वालालम्पुरमा आयोजित बृहत छलफलमा मलेसियामा रहेका नेपाली समुदायका विभिन्न संघ, संस्थाहरू र व्यवसायी प्रतिनिधिहरूको उपस्थितिमा विवादित संघले एकता र सहकार्यको खाका तयार गरेको छ। पछिल्लो समय, ९ औं महाधिवेशनको मिति नजिकिदै गर्दा, NRNA मलेसिया दुई...
चैनपुर, ३ साउन । `म सामान्य मान्छे हुँ, तपाईंहरूको बलमा मन्त्री भएको हुँ, अब शीर झुकाउने छैन, परिणाम देखाउनेछु।” ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले शुक्रबार संखुवासभाको चैनपुरमा 'सिंचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय' को उद्घाटन गर्दै यस्तो अभिव्यक्ति दिए।   कार्यक्रममा बोल्दै मन्त्री खड्काले सरकारको कार्यकाल पूर्ण हुने दाबी गर्दै, जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाउनु भयो। “यो सरकार चल्छ, एक...
अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (NRNA) एनआरएनए अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि एनटी महिला राज्य संयोजक पदमा सुजना के.सी.ले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेकी छिन्। गत दुई वर्ष (२०२३–२०२५) को अवधिमा उनी महिला राज्य उप-संयोजकको रूपमा कार्यरत रहँदै समुदायमा सक्रिय भूमिका निभाउँदै आएकी थिइन्। सो समयमा उनले महिलाको सशक्तिकरणमा योगदान पुर्‍याउनुका साथै नेपाली संस्कृति झल्काउने विविध कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरेकी छन्। उनले...
क्याथरिन, अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (NRNA) उत्तरी क्षेत्र समिति (NT SCC) को २०२५–२०२७ कार्यकालका लागि क्याथरिनबाट सदस्य पदमा जनक बहादुर सिंहले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनी क्याथरिन तथा सम्पूर्ण उत्तरी क्षेत्रका नेपाली समुदायलाई अझ सशक्त र एकताबद्ध बनाउन समर्पित छन्। जनक बहादुर सिंहले समुदायका दाजुभाइ, दिदीबहिनी, अभिभावक तथा सबै साथीहरूसँग भने, “हामीले अझ धेरै गर्न सक्छौं—हाम्रो एकतालाई मजबुत...
- Advertisement -

POPULAR POSTS