काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुई दिने राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छन् । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहकाक अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान त्यसतर्फ लागेकी हुन् ।
उनलाई बिदाइ गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधामन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, मन्त्रीहरु तथा सुरक्षा निकायका उच्च पदस्थ...
काठमाडौँ । लियोनेल मेस्सीले कीर्तिमानी खेलमा दुई गोल गर्दा बार्सिलोनाले स्पेनिस ला लिगामा रियल सोसिडाडलाई ६–१ को विशाल अन्तरले पराजित गरेको छ । आइतबार रातिको खेलसँगै उनले क्लबका लागि सर्वाधिक खेल खेल्ने ज्याभीको कीर्तिमानलाई भंग गरेका हुन् ।
३३ वर्षीय अर्जेन्टिनी फरवार्डको यो क्लबका लागि ७६८ औँ खेल थियो । एन्टोनी ग्रिजमानले बार्सिलोनाका लागि सुरुवाती गोल गरे भने सर्जिन्हो डेस्टले...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार २३३ जना रहेका छन् ।
त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ३२७ जना रहेकाे छ । मलेसियामा हालसम्म ३ लाख ३३ हजार ४० जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै आज १ हजार २४७ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ३...
सविन कुमार लोप्चन
हेटौंडा । ४० बर्षपछि घर फर्किएका मकवानपुरका एकजनाले ५१ बर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका-६ स्थित सिलिङ्गेको धोक्से प्रजाको छोरा वर्ण लाल प्रजाले हराएको ४० बर्ष पछि नागरिकता पाएका हुन ।
बिक्रम सम्वत २०२६ वैशाख १० मा जन्मिएका वर्ण लाल १२ बर्ष देखि घर परिवार बाट सम्पर्क बिहिन भएका थिए । वर्ण लाल...
झापा । झापाको दमक नगरपालिका–४ चिया बगानमा शनिवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
शनिवार साँझ ५ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क १०८२ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४४ प ८१३३ र को २८ प ११३६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुबै मोटरसाकलमा सवार रहेका ५ जना घाईते भएका थिए ।
घाईतेहरु...
काठमाडौं । नेकपा माओवादी केन्द्रको योङ कम्युनिस्ट लिग (वाईसीएल) को १६१ जना केन्द्रीय कमिटी गठन गरेको छ । चैत ४ र ५ गते काठमाडौंमा बसेको वाईसीएलको केन्द्रयि समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै, बैठकले देशभर १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको छ । हरेक निर्वाचन क्षेत्रमा १ हजार जनाको दरले १६५ निर्वाचन क्षेत्रमा चैतभित्रमा सदस्यता...
पेरिस । कोरोनाभाइरसको सङ्क्रमण फैलिएको भन्दै धेरै वटा युरोपेली मुलुकहरुले नयाँ लकडाउन र प्रतिबन्धहरु घोषणा गरेका छन् । उता, टोकियो ओलम्पिक आयोजना समितिले खेललाई सुरक्षित तवरबाट सञ्चालन गर्न भन्दै विदेशी खेल दर्शकलाई जापान भ्रमणमा प्रतिबन्ध लगाएको छ ।
पोल्याण्ड, फ्रान्स र युक्रेनको राजधानी समेतका कतिपय भागमा नयाँ प्रतिबन्धहरु लगाइएका छन् । अधिकांश पसलहरु बन्द गरिएका छन् भने मानिसलाई घरबाटै काम...
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँच सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार दुई सय रुपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य ८६ हजार ७५० कायम भएको छ।
आज चाँदीको भाउ भने प्रतितोला एक हजार २८० रुपैयाँ कायम छ।
काठमााडौं । नयाँ वर्षको अवसरमा भक्तपुरमा ‘छैटौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७७/७८’को आयोजना हुने भएको छ ।
नयाँ वर्षको अवसरमा भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी जग्गामा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले बृहत् औद्योगिक मेलाको आयोजना गर्ने भएको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी दिए ।
उनका अनुसार मेला आगामी चैत २७ देखि वैशाख...
ताप्लेजुङ । ताप्लेजुङमा घर भई अमेरिकामा बस्दै आएका तीन समाजसेवी तथा व्यवसायीले ताप्लेजुङको दोभानका आगलागी पीडितलाई रु सात लाखभन्दा बढी राहत रकम सङ्कलन गरी प्रदान गरेका छन् ।
समाजसेवी तथा रेष्टुरेण्ट व्यवसायी बीरु गुरुङ, नुन चिनी पानी अभियानकर्मी तथा पत्रकार अर्जुन दाहाल र नुन चिनी पानी अभियानकर्मी तथा गायक केशव दाहालको पहलमा सङ्कलित रु सात लाख ४३ हजार ८८५ शनिबार...

















