Home Blog Page 14
काठमाडौं । नेकपा(एमाले)को ११औं महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी इश्वर पोखरेलले एमालेको अभियानमा आफ्नो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने प्रतिक्रिया दिएका छन् । विहीबार अन्तिम मत परिणाम सार्वजनिक भएपछि उनले सबै मतदाताहरुलाई धन्यवाद पनि दिएका छन् । ‘आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने कुरा...
काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली तेस्रोपटक पार्टी अध्यक्ष बन्न सफल भएका हुन् । महाधिवेशनको अन्तिम मतपरिणामअनुसार ओलीले पोखरेललाई १ हजार ९९ मतको अन्तरले हराएका हुन् । लगातार तीन महाधिवेशन जित्दै ओलीले अध्यक्ष पदमा ‘ह्याट्रिक’ पूरा गरेका छन् । यसअघि २०७१ साल असारमा काठमाडौंको...
काठमाडौं । नेकपा एमालेकोे निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन आयोगको अन्तिम मतपरिणाम अनुसार अधिकांश ओली प्यानलका उम्मेदवार नै विजयी भएका छन् । ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन् । यस्तो छ एमालेको १९ सदस्यीय पदाधिकारी उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण विष्ट विजयी भएका छन् भने महासचिवमा...
काठमाडौं । नवनिर्वाचित एमाले महासचिव शंकर पोखरेलले पार्टीभित्र लोकतान्त्रिक अभ्यास सफल भएकाले सबैले विगतका कुराहरु विर्सेर एकढिक्क भएर अगाडि बढ्नुपर्ने प्रतिक्रिया दिएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनबाट अन्तिम मत परिणाम सार्वजनिक भएलगत्तै संचारकर्मीहरुसँग कुरा गर्दै अनुभवी र स्वीकार्य नेतृत्व पार्टीले अनुमोदन गर्नुपर्ने भएकाले ओलीको विजयी स्वभाविक भएको बताए । उनले भने,‘अधिवेशनमा हामीले लोकतान्त्रिक अभ्यास गरेका छौं । हिजो कहाँ थियो...
काठमाडौं । नेकपा (एमाले)को उपाध्यक्ष पदमा पाँच जनाको टुंगो लागेको छ । बिहीबार पदाधिकारी तहको मतगणनाको नतिजा सार्वजनिक भइसक्दा पाँच जना पदाधिकारीको टुंगो लागेको हो । उपाध्यक्षमा पृथ्वीसुब्बा गुरूङले सबैभन्दा बढी मत १७३७ ल्याएका छन् । त्यस्तै, विष्णु पौडेलले १६७५, रामबहादुर थापा बादललले १५१६ मत, गोकर्ण विष्टले १३६८ र रघुजी पन्तले १ हजार २५८ मत पाए । गोकर्ण विष्ट ईश्वर पोखरेल पक्षका...
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनबाट सचिव पदमा केपी शर्मा ओलीको प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन् । बुधबार आएको अन्तिम मतपरिणाम अनुसार सचिव पदमा सबै जना उम्मेदवारहरू ओलीकै प्यानलकाले जितेका हुन् । जित्ने मध्ये पहिलो नम्बरमा महेश बस्नेत छन् । उनले १५४४ मत प्राप्त गरेका छन् । पद्माकुमारी अर्याल र शेरधन राईले १५३० मत प्राप्त गरेका छन् । छविलाल विश्वकर्माले...
क्वालालम्पुर, क्वालालम्पुरस्थित नेपाली राजदूतावासले अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२५ लाई सप्ताहव्यापी कार्यक्रमका साथ मनाउन सुरु गरेको छ। “श्रम आप्रवासन चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन” भन्ने राष्ट्रिय मूल नारासहित कार्यक्रम सञ्चालन गरिएको हो। यसै अवसरमा मिति २०८२/०९/०३ (१८ डिसेम्बर २०२५) का दिन दूतावासमा सेवा लिन आएका पहिलो पाँच जना नेपाली श्रमिकलाई विशेष सम्मान गरिएको छ। सम्मानित हुनेमा विनोद चौधरी, जितेन्द्र...
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु राज घिमिरेले अबको नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने दाबी गरेका छन् । बिहीबार जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घिमिरेले नेपाली कांग्रेसले आगामि दिनमा देशको प्रधानमन्त्रीको जिम्मेवारी मधेश प्रदेशबाटै नेतृत्व गर्नेमध्येकालाई दिने निर्णय गरेको जानकारी गराएका छन् । बिहीबार जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै घिमिरेले नेपाली कांग्रेस नेतृत्वमा आउने बित्तिकै...
काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार गोकर्णराज विष्टले उपाध्यक्षमा १३६८ मत पाएर विजयी भएका हुन भने उपमहासचिवमा योगेशले १३४८ मत पाएका हुन् । ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा भएको निर्वाचनमा २ हजार २६३ प्रतिनिधिसभा थिए, जसमा २ हजार २२७ प्रतिनिधिले मतदान...
काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक विजयी भएका छन् । काठमाडौंमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा ईश्वर पोखरेललाई १०९९ मतले पराजित गर्दै ओली तेस्रोपटक पार्टीको अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष पदमा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत प्राप्त गरे । ओली नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई ५६ मतले पराजित गरेर पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै,...
- Advertisement -

POPULAR POSTS