प्रवासी नेपाली मञ्चको यहि २५ जुनमा अधिवेशन हुने, प्रमुख अतिथि इश्वर पोखरेल

everest kitchen

 

मलेसिया । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको दोस्रो अधिवेशन यहि जुन २५, २०२३ मा हुने भएको छ ।
नेकपा एमाले निकट प्रवास संगठन “प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसिया” को दोस्रो अधिवेशन क्वालालुम्पुर, मलेसिया स्थित होटल ग्रेण्ड कन्टिनेन्टलमा बिहान १० बजेदेखि आयोजना हुने मुल आयोजक कमिटीका सह–संयोजक दयाराम कुमालले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपालबाट नेकपा एमालेका केन्द्रिय वरिष्ठ उपाध्यक्ष एवं पुर्व उप–प्रधानमन्त्री ईश्वर पोखरेल लगायत नेताहरूको उपस्थिति रहनेछ । त्यस्तै चर्चित नेपाली राष्ट्रिय कलाकारहरु गायक बद्री पंगेनी , गायीका पुर्ण कला बिसि , मोडल तथा डान्सर करिश्मा ढकाल र गायक–उदघोषक राजेश बर्देवा लगायत मलेसियामा रहेका स्थानीय नेपाली कलाकारहरुको सांगीतिक प्रस्तुति रहनेछ ।
कुमालका अनुसार कार्यक्रममा जोहोरबारु र पेनाङ राज्यबाट सहभागी हुन आउन–जाने नेपाली श्रमिकहरुको लागि यातायातको ब्यवस्था समेत गरिएको र कार्यक्रममा सहभागी हुने सबैजनाको लागि खानाको ब्यवस्था समेत गरिएको छ ।