Flash News
रुकुमको त्रिवेणीमा फेला परेको प्रेशर कुकर बम सेना-प्रहरीद्वारा निष्क्रिय
BIPEN Ulange -0
काठमाडौं । रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा नं.६ मा शनिबार दिउसो फेला परेको प्रेशर कुकर बम डिस्फोज गरिएको छ । उक्त बम राप्ती राजमार्ग अन्तर्गत सिम्रुतु-खारानेटा सडक खण्ड स्थित बिसौनी भन्ने स्थानमा फेला परेको हो ।
करिब ५ लिटर प्रेशर कुकरमा निर्माण गरिएको उक्त बम रातो रंगको तारले वरीपरी जडान गरेको अवस्थामा स्थानीय प्रहरी चौकी सिम्रतुबाट खटिएको गस्ति टोलीले फेला...
ऐजेन्सी । शनिबार मलेसियामा आजसम्मकै सबैभन्दा बढि संक्रमित निकाे भएका छन् । आज ४३१३ जना संक्रमण मुक्त भएका हुन ।
आज मलेसियामा काेराेनाकाे कारण ७ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ६६७ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ४२७५ जना रहेकाे छ ।
मलेसियामा हालसम्म १ लाख ८० हजार ४५५ जनामा संक्रमण पुष्टि भएको छ...
डा. भरत बशिस्ठ
सारा रात अनिदै बस्छ तिम्रो सम्झनामा
उदाइदिन्छन् सयौँ जून तिम्रो कल्पनामा
यादहरूले पौडी खेल्छन् मुटु मुुटु बोल्छन्
सँगीसित बितेका पल आउँछन् तर्कनामा
सुसाउँछन् सल्लेरी भई आशा जिन्दगीका
चित्रहरू पाउलिएर झन् फुल्छन् चाहनामा
छिनमा बन्छौ गीत तिमी छिनमा मीठो धुन
मोती बन्छौ ज्योति दिन्छौ मेरो सिर्जनामा
काठमाडौं । नेपालमा शनिबार थप २ सय ३२ जनामा कारोना पुष्टि भएको छ । मुलुकभर ३५ सय ४१ जनामा कोरोना परिक्षण गर्दा थप २३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको छ । शनिबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो...
Flash News
ओलीले पूर्व जनमुक्ति सेनालाई बालुवाटारमा बोलाएर भने, “तपाईंहरुको बलिदान प्रति सम्मान छ”
BIPEN Ulange -
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा केही पूर्व जनमुक्ति सेनाका कमाण्डरहरूसँग भेटघाट गरेका छन् । भेटमा प्रधानमन्त्री ओलीले जनयुद्धको अवधिमा जनमुक्ति सेनाले गरेको याेगदान, त्याग, बलिदान र क्रान्तिकाे सपनाप्रति सम्मान जनाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए ।
आज बालुवाटारमा आयाेजित भेटघाटका क्रममा सम्बाेधन गर्दै "जनयुद्धको अवधिमा तपाईंहरूकाे याेगदान, त्याग, बलिदान र क्रान्तिकाे सपनाप्रति सम्मान छ । नेतृत्वले...
काठमाडौं। वैदेशिक रोजगारीको क्रममा मलेसियामा पुगी विभिन्न कारणले निधन भएका १८ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ । विभिन्न स्थान र समयमा निधन भएका भएका १८ जना नेपालीको शव नेपाल एयरलाइन्स मार्फत शनिबार नेपाल ल्याएको हो।
मलेसियास्थित दूतावासले मलेसियाको आग्रहमा १८ नेपालीको शव ल्याएको बताएको छ। दुताबासले यसअघि निगमलाई शब् ल्याउन आग्रह गर्दै आएको थियो । सोहीअनुसार परराष्ट्र र पर्यटन...
नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन । कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्हलगायतका कारणले निर्वाचन हुने स्पष्ट नरहेको धारणा राखे।
“हाम्रो आग्रह संसद् पुनःस्थापनाका लागि हो”, कोइरालाले भने, “पहिलो प्राथमिकता संसद् पुनःस्थापना हु्नुपर्छ...
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले प्रतिष्ठानको भवन बनाउनका लागि जग्गा खरिद र भवन निर्माणका लागि आर्थिक सहयोग गर्दै आइरहेको बताए ।
कार्यक्रममा स्व कलाकार लोकबहादुर क्षेत्रीको सम्झनामा नगद राशिसहित स्मृति पुरस्कार कलाकार रामप्रसाद घिमिरे र सारङ्गी वादक कृष्णबहादुर गन्धर्वलाई प्रदान गरिएको...
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कावासोती नगरपालिका–३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती–८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए ।
मोटरसाइकल...
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा छ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३९ हजार ३९३ सवारी साधन कारवाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।
ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्कअनुसार छ महिनामा सबैभन्दा बढी १४ हजार ७८५ मोटरसाइकल, नौ...

















