Home Blog Page 1429
  काठमाडौं । उपत्यकाका विभिन्न ठाउँमा बुधबार पनि बिजुली जाने भएको छ । विदुत प्राधिकरणले जारी गरेको तालिकाअनुसार ललितपुरको बालकुमारी खन्ना गार्मेन्ट, हनुमन्ते करिडोर, नमस्ते पेट्रोल पम्प आसपासका क्षेत्रमा दिउँसो ३ देखि ४ बजेसम्म एक घण्टा बत्ती जानेछ । लुभु एकको फिडर अन्तर्गत पर्ने बालकुमारी खरिबोट नजिकै रहेको एशियन पेन्ट्स नेपालको ट्रान्सफरमर जलेकोले सो ट्रान्सफरम मर्मतको लागि सटडाउन गर्नुपर्ने भएकाले एक...
  काभ्रे। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ । तामाघाटस्थित मसला बाली विकास केन्द्र (बागबानी) को स्वामित्वमा रहेको सात रोपनी जमिनमा बजार विकास निर्देशनालय हरिहरभवन ललितपुरले करिब २४ वर्षअघि कृषि उपज बजार सञ्चालन गर्न अनुमति दिएको थियो । उक्त भ्रष्टाचार आरोपपत्रमा श्रेष्ठले वर्षौँदेखि नक्कली बजार...
विभिन्न चार चिनी उद्योगले उखु किसानलाई रु आठ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । रु ६५ करोड बक्यौता रकममध्येमा तीन उद्योगले किसानलाई रु आठ करोड एक लाख बाँकी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सरकार र उखु किसानबीच गत पुस १३ गते भएको सहमति अनुसार २१ दिनभित्र बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्न सहमति...
काठमाडौं । नेपाल प्रहरीले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न करीब ४०० जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको छ । २०७५ फागुन २८ को मन्त्रिपरिषद् बैठकको निर्देशन र २०७६ फागुन २ गते गृह मन्त्रालय अन्तर्गत समरजंग कम्पनीले दिएको ठगी र कीर्तेसम्बन्धी जाहेरीका आधारमा अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले करीब १४३ रोपनी जग्गा हिनामिना...
  काठमाडौं।भारतले नेपाललाई यही साताभित्र अनुदानस्वरूप खोप उपलब्ध गराउने तयारी थालेको छ । भारतले आज (बुधबार)देखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने भएको हो । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ आपूर्ति गर्न आज बुधबारदेखि प्रक्रिया अघि बढाइने भारतस्थित विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ । भारतस्थित विदेश मन्त्रालयले...
एजेन्सी। सन् २०२० को डिसेम्बरसम्म ‘इङ्ल्यान्डमा १२ प्रतिशत मानिस कोरोनाभाइरसमा संक्रमित भइसकेका एक अध्ययनले पुष्टि गरेको छ । यो सङ्ख्या नोभेम्बरमा नौ प्रतिशत रहेको अर्थात् एक महिनामा तीन प्रतिशतले वृद्धि भएको मङ्गलबार सार्वजनिक सरकारी एन्टिबडी परीक्षण तथ्याङ्कले देखाएको छ । वैल्समा प्रत्येक १० मा एक जना, उत्तरी आयरल्याण्डमा हरेक १३ मा एक र स्कटल्याण्डमा हरेक ११ मा एक जनामा सङ्क्रमण...
काठमाडौं । प्रदेश १ को नेकपाको दाहाल–नेपाल समूहका सांसदहरुको संसदीय दलको बैठकले ओली समूहका सांसदहरुले बल प्रयोग गरे प्रतिवाद गर्ने निर्णय गरेको छ । बुधबारबाट शुरु हुने हिउँदे अधिवेशन अघि विराटनगरमा मंगलबार बसेको बैठकमा उनीहरुले ओली समूहका सासंदहरुले संसदमा मर्यादा विपरितका कामहरु गरे त्यसको प्रतिवाद गर्ने निर्णय भएको सांसद राजेन्द्र राईले जानकारी दिए । प्रदेशसभाका ९३ सदस्यमध्ये नेकपाका ६७ जना सांसद...
वाग्मती प्रदेशसभाको आज बसेको कार्य परार्मश समितिको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको विरुद्धमा दर्ता भएको अविश्वासको प्रस्तावलाई संसद्को बैठकमा छलफलमा ल्याउने कार्यविधि तयार पार्न नेकपा संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा प्रदेशसभाका सदस्यहरु गणेशप्रसाद दुलाल, राजेन्द्रप्रसाद पाण्डे, बुद्धिमान माझी, शोभा शाक्य, रीना गुरुङ, छिरिङदोर्जे लामा, रीता माझी र पुकार महर्जन रहनुभएको प्रदेशसभा...
  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण १४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ६१९ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३६३१ जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख ६५ हजार ३७१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज २९४४ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये १ लाख २५ हजार २८८ जनाले...
काठमाडौं । पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना पुष्टि भएको हो। नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ। नेपालमा गएको २४ घण्टमा ३७४ जना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या २ लाख...
- Advertisement -

POPULAR POSTS