Home Blog Page 1454
  काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५८ हजार १ सय ८१ सय पुगेको छ। पछिल्लो २४ घण्टामा ७३१ जना निको भएर फर्किएका छन्। योसहित...
  काठमाडौं । वैदेशिक रोजगारीमा गएका र विदामा नेपाल आएका नेपालीहरुले श्रम स्वीकृति नवीकरण अनलाइनबाटै गर्न पाउने भएका छन् । बैदेशिक रोजगार बिभागले एक सुचना जारी गर्दै यस्तो सुविधा दिएको सार्वजनिक गरेको हो । अबदेखि अनलाइनबाटै श्रम स्वीकृति दिने भएपछि अब दैनिक ५ सय जनाले वैधानिकीकरण पाउने भएका छन् । वैदेशिक रोजगार बिभागले सम्भवत: आगामी मंगलबारदेखि यो प्रणाली कार्यान्वयन गर्ने जनाएको...
  काठमाडौं । नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरिएका अवस्थामा आज प्रहरीले करीब रु १० लाख मूल्य बराबरको मूर्ति बरामद गरेको छ । तस्करले लुकीछिपी मेचीनगर नगरपालिका–६ स्थित नकलबन्दाको नाका प्रयोग गरेर भारततर्फ लैजाँदै गर्दा चाँदी र तामाका मूर्ति, भाडाकुँडा र दियो बरामद गरेको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले मूर्तिका अनुहार कागजले छोपेर प्लाष्टिकमा लाहाको...
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली काठमाडौं आएका छन् । उपमन्त्रीसहित चार सदस्यीय टोली आइतबार मध्यान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्कर्षमा पुगेको बेला भएको चिनियाँ टोलीको भ्रमणलाई चासोका साथ हेरिएको छ । चार सदस्यीय चिनियाँ टोलीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग सोमबार बिहान भेटघाट...
  बिराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएको छ । पूर्वमन्त्री इन्द्र आङबोको नेतृत्वमा प्रदेश सभाका ३७ सदस्यहरुको हस्ताक्षर सहित अविस्वासको प्रस्ताव आज दर्ता भएको हो । मुख्यमन्त्री राईले हिजोमात्र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गर्नुभएको थियो । नेकपाका विभाजित समुहमध्ये मुख्यमन्त्री राई ओली समुहका हुन भने आङ्बो प्रचण्ड–माधव समुहका हुन ।...
काठमाडौं । सहरी विकास मन्त्री प्रभु साहले पदभार ग्रहण गरेका छन् । आइतबार सहरी विकास मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री साहले रकारको पहिलो प्राथमिकता आगामी वैशाखमा निर्वाचन गराउने रहेको बताए । त्यसैगरी उनले निर्वाचनलाई निस्पक्ष ढंगले सम्पन्न गराउने सरकारको तयारी भएको बताए । ‘सरकारको पहिलो काम निर्वाचन गराउने हो ।’ उनले भने । मन्त्री साहले सहरी विकास मन्त्रालयको काम विकास...
काठमाडौं । जापानले विभिन्न मुलुकहरुबाट आउने विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । जापानमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) भेटिएसँगै सोमबारबाट लागू हुने गरी जापानले विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । जापानको विदेशमन्त्रालयका अनुसार अहिले लगाइएको प्रतिबन्ध विश्वका अधिकांश मुलुकहरुमा लागू हुनेछ । यो प्रतिबन्ध जनवरीको अन्तिमसम्म कायम रहनेछ । जापानमा प्रवेशमा...
काठमाडौं । बुटवलको कोरोना विशेष आइसोलेसन अस्पतालबाट एक जना कोरोना संक्रमित भागेका छन् । संक्रमित लुम्बिनी प्रादेशिक अस्पतालले बुटवल १० रामनगरस्थित धागो कारखानामा सञ्चालन गरेको कोरोना विशेष अस्पतालको आइसियूमा भर्ना भएका थिए । अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बुटवल १३ बेलबासका ५५ वर्षीय पुरूष आइतबार बिहानै साढे ५ बजेतिर अस्पतालको शौचालयबाट भागेको जानकारी दिए। कोरोना संक्रमण पुष्टि भएपछि उनी...
  श्रीनगर । सल्यानमा जनता आवास कार्यक्रममार्फत ५० घर निर्माण हुने भएका छन् । दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने सरकारको लक्ष्यअनुसार चालु आर्थिक वर्षमा घर निर्माण गरिने भएको हो । तीन नगरपालिका र सात गाउँपालिका गरेर १० स्थानीय तह भएको सल्यानमा प्रत्येक स्थानीय तहमा पाँच÷पाँच घर निर्माण गरिनेछ । अहिले जिल्लामा लाभग्राही छनोट तथा सम्झौताको काम...
  काठमाडौँ । कञ्चनपुर– दोधारा चाँदनी नगरपालिका–१ चाँदनीमा रहेको महाकाली आदर्श माध्यमिक विद्यालयमा हिजो आगलागी हुँदा करीब चार लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीबाट विद्यालय भवन र भण्डारण गृहमा राखिएका बेञ्च, डेस्क, कुर्सी लगायत सामग्री जलेर नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो । विद्यालयमा आगलागी भएपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीका सहयोगमा दमकलको...
- Advertisement -

POPULAR POSTS