काठमाडौं । बिहीबार पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा प्रेस ज्याकेट लगाएर प्रहरीलाई ढुङ्गा प्रहार गर्ने युवा पक्राउ परेका छन् ।
झडपको क्रममा प्रेस लेखेको ज्याकेट लगाएर हातमा क्यामेरा बोकेर प्रहरीतर्फ ढुंगा हान्ने महालक्ष्मी नगरपालिका– १३ इमाडोलका २१ वर्षका अनिश महर्जनलाई शुक्रबार अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
अपराध महाशाखाका प्रमुख एसएसपी दीपकमा अनुसार उनी कुनै पनि सञ्चारमाध्यममा संलग्न...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ हजार ३५९ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप १ हजार ३५९ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १८ हजार ४०४ रहेको छ ।
यस्तै १ हजार ३५४ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या...
काठमाडौं । मोरङको रंगेली नगरपालिका-५ रामघाट जयनपुर टोल बस्ने ५५ वर्षीय राम प्रसाद मण्डलको सोही स्थानस्थित आफ्नै खेतमा पानी पठाउन मोटर जोड्ने क्रममा विद्युत सर्ट भई करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।
त्यस्तै नवलपरासी (पश्चिम), सुस्ता गाउँपालिका-१ रुपौलिया बस्ने ५१ वर्षीय देवनारायण थारुको सोही गाउँपालिका फेचुवास्थित बिजुलीको पोलमा चढी बल्ब चेन्ज गर्ने क्रममा करेन्ट लागेर बिहीबार बिहान मृत्यु...
मलेसिया । मलेसियाबाट स्वदेश फर्कनका लागि हवाइ भाडादर महँगो भएको भन्दै मलेसिया स्थित विभिन्न संघ संगठनले भाडादर घटाउन माग गरेका छन् ।
मलेसियामा पुरानो संगठनको रुपमा रहेको "नेपाल आदिवासी जनजाति महासंघ" मलेसिया चार्टर उडानमा भन्दा पनि हालको नियमित उडानको भाडादरको आर्थिक भार बोकेर श्रमिकहरु स्वदेश फर्किन नसक्ने बताएको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै भाडादर घटाई आम नेपाली श्रमिकहरुलाई...
Flash News
वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न मन्त्रिपरिषद बैठक बस्दै
BIPEN Ulange -
काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बताएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो ।
यससँगै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडा विदा हुनेछन् । उनको यो अन्तिम...
काठमाडौं । जिल्ला प्रशासन ललितपुरले ललितपुर र चक्रपथ एरियामा कर्फ्यु जारी गरेको छ । आजका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र बिहान १० बजेसम्म कर्फ्यु आदेश जारी गरिएको हो।
कर्फ्युपछि निशेधाज्ञा कडा रुपमा लागु गरिने प्रशासनले जनाएको छ । कोरोनाको सङ्क्रमण फैलन नदिने उद्देश्यका साथ निषेधाज्ञा जारी बेला हिजो रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर पाटन क्षेत्रमा तनाव भएको...
काठमाडौं । जापानको नारिताबाट नियमिततर्फको पहिलो अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगमले एक जना ‘अस्पष्ट आरडीटी’ र २ सय १२ जना पीसीआर जाँच गरेका यात्रु मिसाएर ल्याएपछि सबैजनालाई होटल क्वारेन्टाइनमा राख्नुपर्ने परेको छ ।
नारिताबाट बुधबार राति काठमाडौं आएको उक्त जहाजमा एकजना यात्रुले पीसीआर नगरेको पाएपछि जहाजमा रहेका सबै यात्रुलाई एक साता होटल क्वारेन्टाइनमा राखिएको हो ।
सरकारले आरडीटी र पीसीआर परीक्षण...
Flash News
ट्राफिक प्रहरी जवान निर्घात कुटपिट गर्ने ९ जनालाई प्रहरीले नियन्त्रणमा लियो
BIPEN Ulange -
काठमाडौं । बिहीबार दिउँसो पुल्चोकमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात कुट्नेमध्ये नौजनालाई प्रहरीले पक्राउ गरेको छ।
कुटपिटमा संलग्नहरुको पहिचार गरी पक्राउ गरेर ललितपुर प्रहरी परिसरमा ल्याइएको डिएसपी सन्तोष तामाङले जानकारी दिए।
मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग झडप भइरहँदा ट्राफिक प्रहरी जवान घिमिरेलाई केही युवाले सडकमा घिसार्दै निर्घात कुटपिट गरेका थिए।
स्थानीय प्रशासन र ज्यापु समाजको अनुमति नलिई भेला भएका स्थानीयले रथ...
काठमाडौं । गुल्मीमा एक ४० वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् । अन्दाजी ४० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी हुन ।
गुल्मीको मुसिकोट नगरपालिका-५ झक्कलेस्थित बडिगाड खोलाको बिचमा ती महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । हाल उनको नाम, थर, वतन खुलेको छैन ।
यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ जनाएको छ ।
पाल्पा । रामपुर नगरपालिका-४ सिताकुण्डस्थित सडकमा प्रदेश ३-००१ अ यो-००७१ नम्बरको मिनीट्रक अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा मिनीट्रकमा सवार सर्लाही बागमती नगरपालिका-६ बस्ने ३० वर्षीय सन्तोष गहतराज बिकको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका सोही स्थान बस्ने १६ वर्षीय राहुल बिकलाई उपचारको लागि रामपुर अस्पतालतर्फ पठाइएको छ ।...

















