Home Blog Page 192
म्याड्रिड — स्पेनस्थित नेपाली राजदूतावास, म्याड्रिडले राहदानी विभागसँगको समन्वयमा आगामी १४ र १५ जुन २०२५ मा घुम्ती राहदानी सेवा शिविर सञ्चालन गर्ने भएको छ। उक्त शिविर भ्यालेन्सिया क्षेत्रको बेनिडोर्म शहरमा आयोजना गरिनेछ। शिविरमार्फत नेपाली नागरिकहरूले नयाँ राहदानी बनाउने, नवीकरण गर्ने तथा राहदानीसम्बन्धी अन्य सेवाहरू प्राप्त गर्न सक्नेछन्।   
सिड्नी, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाले आफ्नो सदस्यता लिनुपर्ने अन्तिम म्याद थप गरेको छ। अब इच्छुक व्यक्तिहरूले २०२५ जुन १५ तारिख, राति ११:५९ बजे (AEST) सम्म नयाँ सदस्यता दर्ता वा नवीकरण गर्न सक्नेछन्। संघले सम्पूर्ण नेपाली समुदायलाई NRNA मा सहभागी भई आफ्नो आवाज र भविष्यलाई मजबुत बनाउने सन्देश दिएको छ। NRNA सदस्य बन्ने प्रक्रिया सहज बनाउन मोबाइल एपमार्फत...
"समानता, सेवा र समर्पण – सुजनको वाचा" लिस्बन, पोर्तुगल — आगामी गैरआवासीय नेपाली संघ (NRNA) पोर्तुगलको निर्वाचनलाई लक्षित गर्दै जय बहादुर केसी 'सुजन'ले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि NRNA पोर्तुगलमा सक्रिय भूमिका निर्वाह गर्दै आएका केसीले आफ्नो अनुभव, इमानदारी र श्रमिक समुदायप्रतिको समर्पणलाई आधार बनाएर उम्मेदवारी प्रस्तुत गरेका हुन्। उम्मेदवारीको प्रमुख आधार: अनुभव — केसी विगतदेखि नै NRNA...
काठमाडौं, ६ जुन २०२५ — साउदी अरबमा आप्रवासी श्रमिकहरूमाथि भइरहेका व्यापक शोषण र दुव्र्यवहारविरुद्ध ३६ देशका ट्रेड युनियनहरूले संयुक्त रूपमा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) समक्ष औपचारिक उजुरी दर्ता गरेका छन्। ब्रिटिश पत्रिका द गार्जियनको समाचारअनुसार, उक्त उजुरीमा साउदी अरबमा श्रमिक अधिकारको गम्भीर उल्लंघन भएको भन्दै "commission of inquiry" गठन गर्न माग गरिएको छ, जुन ILO को सबैभन्दा प्रभावकारी छानबिन संयन्त्रमध्ये...
दैलेख, २३ जेठ । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आठबिस नगरपालिका– ८ लामिछाने गाउँ बस्ने ४५ वर्षीय मनबहादुर बडुवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । मन बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तिलेपाटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, २३ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जेनेभा प्रस्थान गरेका छन् । शुक्रवार साँझ नेपाली टोलीको नेतृत्व गर्दै मन्त्री भण्डारी अन्तराष्ट्रिय श्रम संगठनद्धारा आयोजित ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन त्यस तर्फ प्रस्थान गरेका हुन । जेठको १९ गतेदेखि ३० गते सम्म जेनेभामा ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलन सन्चालन...
काठमाडौं । एशिया मोडल फेस्टिवल फेस अफ नेपाल २०२५ का लागि फर्म खुला गरिएको छ। आयोजक एमएस प्रोडक्सन नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फर्म खुला भएको जानकारी गराएको हो। आजबाट प्रतियोगीले अनलाइनमार्फत फर्म भर्न सक्नेछन्। यसपटकका लागि आयोजकले प्रतियोगीहरूको मापदण्डमा केही परिवर्तन गरेको छ। प्रतियोगीहरू पुरुष र महिला दुवैका लागि यसपटकबाट उचाइमा कुनै पनि मापदण्ड राखिएको छैन। गएका वर्षहरूमा...
सञ्जय मिश्रा रौतहट, २३ जेठ । शिक्षा क्षेत्रमा उत्कृष्ट ठहर भएको मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह PAN "प्यान उत्कृष्ट नगरपालिका २०८२ पुरस्कार"बाट सम्मानित भएकी छिन्। सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संस्था Principals Association of Nepal ( PAN) को  दोस्रो राष्ट्रिय सम्मेलनको अवसरमा पोखरामा शुक्रवार आयोजित एक भव्य समारोहको बिच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री  रघुजी पन्तले मेयर साहलाई पुरस्कार सहित सम्मानित गरेका...
काठमाडौं, २३ जेठ । कीर्तिपुर नगरपालिका– ५ राराहिल स्थित एनडब्लुए नेवारी खाजा घरमा जुवातास खेलिरहेको जुवाडेहरू पक्राउ परेका छन् । जुवा खेलाइरहेका खाजा घरका संचालक सोही ठाउँ बस्ने ३९ वर्षीय राकेश महर्जन समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ७ हजार ७ सय ३५ रूपैयाँ र तास ३ बुक सहित पक्राउ...
नवलपरासी पश्चिम, २३ जेठ । आफ्नै बुबा ५० वर्षीय जयराम थारू र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेको अभियोगमा सुनवल नगरपालिका–२ अवरैया बस्ने २७ वर्षीय हेमराज थारूलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । हेमराजले कोदालो प्रहार गर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय  सुनवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले...
- Advertisement -

POPULAR POSTS