Home Blog Page 204
काठमाडौं, २० बैशाख । मङ्गलबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक बस्दैँ नबसी स्थगित भएको छ। आज ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भए पछि सहमति हुन नसके पछि बुधवारसम्मका लागि स्थगित भएको हो । संसद सचिवालयका अनुसार बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो । विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले भिजिट...
आम्स्टर्डाम, नेदरल्याण्ड — जुन ३, २०२५गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याण्डको पहलमा, नेपाली राजदूतावास ब्रसेल्सबाट राहदानी सेवाका लागि घुम्ती टोली यही १२ जुन २०२५ का दिन आम्स्टर्डाम आउने भएको छ। नेदरल्याण्डमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई पुरानो एमआरपी (MRP) राहदानी नविकरण गर्न वा नयाँ विद्युतीय राहदानी (e-Passport) बनाउन सहज होस् भन्ने उद्देश्यले उक्त सेवा प्रदान गरिन लागेको हो। अनिवार्य प्रि-इनरोलमेन्ट : नेपाल सरकारद्वारा तोकिएको...
जापान, जुन ३, २०२५ — “नेपाल महोत्सवमार्फत नेपालको पर्यटन प्रवर्द्धन” भन्ने मूल उद्देश्यसहित, गल्कोट समाज जापान क्षेत्रीय समिति (कान्साई) को आयोजनामा यही जुन १४ र १५ तारिखका दिन ओसाका कान्साई मा “नेपाल महोत्सव २०२५” भव्य रूपमा आयोजना हुने भएको छ। गल्कोट समाज जापान र नेपाली राजदूतावास जापानको सहकार्यमा तथा विभिन्न संघसंस्थाको सह-आयोजनामा हुन लागेको यो महोत्सवले नेपालको कला, संस्कृति, रीतिरिवाज...
कुवेत, जुन ३, २०२५ — गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसि) कुवेतका महासचिव मनिष केसीले पदबाट राजिनामा दिएका छन्। एनसिसि कुवेतले उक्त राजिनामा १ जुन २०२५ देखि लागू हुने गरी स्वीकृत गरेको छ। महासचिव केसीले १९ मे २०२५ मा आफ्नो व्यक्तिगत व्यस्तता कारण देखाउँदै संघको कार्य जिम्मेवारी पूरा गर्न नसक्ने भन्दै लिखित रूपमा राजिनामा बुझाएका थिए। एनसिसि कुवेत...
काठमाडौं(हाम्रो खेलकुद) – तल्लोक्रमका ब्याटर करण केसीको विष्फोटक ब्याटिङको सहयोगमा आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो राउण्डको पहिलो खेलमा घरेल टोली स्कटल्याण्डमाथि नेपालले रोमाञ्चक जित निकालेको छ । स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोलीमाथि नेपालले १ विकेटको रोमाञ्चक जित हात पार्यो । २ सय ९७ रनको लक्ष्य नेपालले १ बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गर्याे । अन्तिम...
जोहोर बारु, मलेसिया – जून २, २०२५सुदूरपश्चिमेली नेपाली समाज, मलेसिया अन्तर्गत जोहोर बारु क्षेत्रीय समितिको पहिलो बैठक यही २०२५ जुन २ (सोमबार) सम्पन्न भएको छ। बैठकले सर्वसम्मत निर्णयमार्फत श्री लक्ष्मण बहादुर साऊदलाई क्षेत्रीय समितिको अध्यक्षमा चयन गरेको छ। यस अवसरमा समितिले अन्य क्षेत्रीय सदस्यहरूलाई पनि औपचारिक रूपमा मनोनयन गरेको छ। नवगठित समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई हार्दिक बधाई एवं सफल...
दुबई, यूएई – जून २, २०२५ यूएईमा रहनु भएका सम्पूर्ण नेपाली अभियन्ता तथा सामाजिक सेवामा रुचि राख्ने महानुभावहरूलाई नेपाल एसोसिएसन - एनआरएनए एनसीसी यूएईले आगामी २०२५/२७ कार्यकालको लागि बोर्ड अफ डाईरेक्टर (BOD) सदस्य पदमा आवेदन आह्वान गरेको छ। हिजो मिति १ जून २०२५ मा सम्पन्न संस्थाको पूर्ण बैठकको निर्णयअनुसार, यूएई सरकारको Community Development Authority (CDA) मा दर्ता भई आधिकारिक रूपमा क्रियाशील...
मस्कट, ओमान – ओमानस्थित नेपाली राजदूतावासले नियमित सेवा, आपतकालीन अवस्था तथा गुनासो व्यवस्थापनसम्बन्धी महत्त्वपूर्ण जानकारी सार्वजनिक गरेको छ। राजदूतावासले सेवाग्राहीहरूलाई कार्यसमयको पालना गर्न र आपतकालीन अवस्थाका लागि छुट्टै नम्बरहरू प्रयोग गर्न अनुरोध गरेको छ। कार्यालय समय र नियमित सेवा आइतवारदेखि बिहीबारसम्मबिहान ८:०० बजेदेखि दिउँसो ३:०० बजे सम्म यस समयमा राहदानी, यात्राप्रमाणपत्र (टीटी), भिसा, प्रमाणिकरण, श्रम सम्झौता प्रमाणीकरण लगायतका कन्सुलर तथा श्रमसम्बन्धी सेवा...
सिओल, दक्षिण कोरिया – दक्षिण कोरियामा राष्ट्रपतिको चुनावको अवसरमा नेपाली राजदूतावास, सिओल भोलि मंगलबार (३ जुन २०२५) बन्द रहने जानकारी गराइएको छ। राजदूतावासले सोमबार जारी गरेको सूचनामा चुनावको दिन सार्वजनिक बिदा पर्ने भएकाले सो दिन कुनै पनि कन्सुलर सेवा, राहदानी, भिसा तथा अन्य प्रशासनिक कार्य नहुने स्पष्ट पारेको छ। राजदूतावासले सबै सेवाग्राहीहरूलाई आवश्यक कार्यहरू अन्य दिनहरूमा सम्पादन गर्न अनुरोध गरेको छ।...
रियाद, साउदी अरेबिया – इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड ईद उल-अजहा (Eid Al-Adha) १४४६ को पावन अवसरमा, रियादस्थित नेपाली राजदूतावासले बिदा दिने घोषणा गरेको छ। राजदूतावासले सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूलाई ईदको शुभकामना व्यक्त गर्दै २०८२ साल जेठ २२ गते बिहीबार (०५ जुन २०२५) र २०८२ जेठ २५ गते आइतबार (०८ जुन २०२५) का दिन राजदूतावास बन्द रहने जानकारी गराएको छ। राजदूतावासले...
- Advertisement -

POPULAR POSTS