Home Blog Page 42
काठमाडौँ, कात्तिक २४ गते – बङ्गलादेश र मलेसियाविरुद्धका आगामी खेलहरूका लागि नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज औपचारिक रूपमा बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको बिदाइ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायतका पदाधिकारी उपस्थित थिए। कार्यक्रममा मन्त्री गुप्ताले टोलीलाई शुभकामना दिँदै देशको प्रतिष्ठा उचो राख्ने खेल प्रदर्शन गर्न आग्रह गरे। नेपालले नोभेम्बर...
अलोर स्टार, मलेसिया, नोभेम्बर ९ – मलेसिया-थाइल्यान्ड समुद्री सीमामा डुबल जहाजबाट झण्डै १०० अप्रवासी लिएर गएको बोट पल्टिएपछि थप ६ अप्रवासीको शव लाङकावी पानीमा फेला परेको छ। फेला परेकोमध्ये एक बच्ची रहेको बताइएको छ। केडाह र पर्लिस मलेसिया समुद्री प्रवर्तन एजेन्सीका निर्देशक फर्स्ट एडमिरल रोमली मुस्तफाले दिएको जानकारीअनुसार, यस घटनामा हालसम्म ७ जनाको मृत्यु भएको छ भने १३ जना सुरक्षित...
काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले विदेशमा रहेका लाखौँ नेपाली नागरिकको मताधिकार अनलाइन माध्यमबाट सुनिश्चित गर्नु आवश्यक रहेको बताएका छन्। “विदेशमा रहेका नेपाली नागरिक तथा निर्वाचन क्षेत्र बाहिरका मतदाताको मतदान” सम्बन्धी नीति तथा संवाद कार्यक्रम मा अध्यक्ष डा. केसीले प्रविधिको युगमा अनलाइन मतदान प्रणाली सञ्चालन गर्नु नै सबैभन्दा व्यवहारिक र प्रभावकारी उपाय हुने औंल्याएका छन्।...
काठमाडौँ, कात्तिक १९ गते। आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग चार विकेटले पराजित भएको छ। यससँगै नेपालले शृङ्खलामा लगातार चौथो हारको सामना गर्नुपर्‍यो। दुबईस्थित आइसिसी एकेडेमी मैदानमा बुधबार सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा नौ विकेट गुमाउँदै २३९ रनको योगफल तयार पारेको थियो। जवाफी लक्ष्य पछ्याउँदै युएईले ४९.५ ओभरमा ६ विकेटको...
काठमाडौँ, कात्तिक १९ – आइसिसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत नेपाल र युएई आज दुबईमा भिड्दैछन्। नेपाली समय अनुसार बिहान ११:१५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा टस जितेर युएईले फिल्डिङ गर्ने निर्णय गरेको छ। नेपाली टोलीले आफ्नो पहिलो जीत दाबी गर्ने लक्ष्य राखेको छ। यो सिरिजमा अमेरिका, नेपाल र युएई सहभागी छन् र आजको खेल सिरिजको अन्तिम...
काठमाडौँ, कात्तिक १९ – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र युएई आज भिड्दैछन्। नेपाली समयअनुसार बिहान ११ः१५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपाली टोलीले आफ्नो पहिलो जीत दावी गर्ने लक्ष्य राखेको छ। यो सिरिजमा अमेरिका, नेपाल र युएई सहभागी छन् र आजको खेल नै सिरिजको अन्तिम म्याच हो। यसअघि नेपाली टोलीले तीन खेलमा लगातार पराजय भोगेको छ भने...
भिएना। विभिन्न मितिमा र विभिन्न स्थानबाट हराएका ११ जना नेपाली नागरिकका राहदानीहरू फेला परेका छन्। ती राहदानीहरू स्थानीय प्रहरी र भियनास्थित क्रोएशियाको राजदूतावासमार्फत नेपाल दूतावास, भियनामा प्राप्त भएका हुन्। नेपाल दूतावास, भियनाले आज एक सूचना जारी गर्दै ती राहदानी धनीहरूलाई आफ्नो राहदानी प्राप्तिका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ। दूतावासका अनुसार प्राप्त राहदानीहरूमा सुरज कुमार गिरि, गणेश गौतम, राजा राम...
काठमाडौं — नेकपा एमालेका नेता पासाङ शेर्पा बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। पाटन उच्च अदालतबाट बहुविवाहको मुद्दामा दोषी ठहर भएका शेर्पालाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो। अदालतको फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।शेर्पामाथि अदालतले १ वर्ष कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो।
काठमाडौँ — राजधानीका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट सेवा सञ्चालनमा आएको छ।सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र, विमानस्थल लगायतका संवेदनशील र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा वाइफाइ विस्तार गरिएको हो। मन्त्रालयका अनुसार यसअघि सेवा उपलब्ध स्थानमा मर्मत, गुणस्तर सुधार र क्षमता विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ नयाँ स्थानमा वाइफाइ जडान...
काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया सरकारले नेपाललगायत पाँच देशका म्यानपावर कम्पनीहरूका लागि निर्धारण गरेको १० बुँदे मापदण्ड स्वीकार गर्न असमर्थ रहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार, सो निर्णयबारे आज मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई आधिकारिक पत्र पठाएको छ। “मलेसिया सरकारले ल्याएको मापदण्डमा व्यवसायीहरूबाटै असहमति आएको छ,” प्रवक्ता घिमिरेले बताए, “हालको अवस्थामा नेपालले उक्त मापदण्ड स्वीकार...
- Advertisement -

POPULAR POSTS