Home Blog Page 44
सोल (दक्षिण कोरिया), गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC Korea) ले सहकार्य, साझेदारी र सह-अस्तित्व निर्माणको उद्देश्यका साथ दक्षिण कोरियामा रहेका विभिन्न संघ–संस्थाहरूसँग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। संघले जारी गरेको सूचनाअनुसार कार्यक्रम २०२५ नोभेम्बर २ (आइतबार) का दिन बिहान ११:१५ बजे, सोलको 중로구 창신길 51, 5층, MG새마을금고 (Dongdaemun Station, Line 1, Exit 1)...
काठमाडौं, प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) ले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) नेपालको सहयोगमा सञ्चालित मिरीडिउ परियोजना अन्तर्गत वैदेशिक रोजगारीमा रहेका अलेखबद्ध (Undocumented) नेपाली श्रमिकहरूका लागि वैधानिकीकरण (Legalization) र श्रम स्वीकृति लिने प्रक्रिया सम्बन्धी सचेतनामूलक भर्चुअल कार्यक्रम सञ्चालन गर्न लागेको छ। उक्त कार्यक्रम आगामी १७ कात्तिक २०८२ (३ नोभेम्बर २०२५) का दिन, नेपाली समयअनुसार साँझ ६:४५ बजेदेखि ८:४५ बजेसम्म ZOOM प्लेटफर्ममार्फत सञ्चालन...
क्वालालम्पुर – मलेसियामा अवैध रूपमा बसोबास गरिरहेका ६० जना विभिन्न देशका आप्रवासी आज स्वदेश फिर्ता पठाइएका छन्। उनीहरूलाई कुवालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल १ र टर्मिनल २ बाट प्रस्थान गराइएको हो। फिर्ता पठाइएका मध्ये ५६ पुरुष र ४ महिला रहेका छन्। उनीहरू बंगलादेश, इन्डोनेसिया, पाकिस्तान, नेपाल, लाओस, स्पेन, हङकङ र भियतनामका नागरिकहरु रहेका छन्। यी सबै व्यक्तिहरू सिक, केदाहस्थित बेलान्तिक आप्रवासन...
काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन (२०८२ कार्तिक १३, १४ र १५ गते) का लागि देशभर वर्षा र हिमपातको सम्भावना रहेको भन्दै मौसमसम्बन्धी चेतावनी जारी गरेको छ। महाशाखाका अनुसार हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव रहेको छ। साथै, पश्चिमी वायूको असर र अरव सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव...
क्वालालम्पुर। मलेसियामा कार्यरत धादिङका गणेश मगरलाई स्वास्थ्य समस्या भएपछि लाङ्घालि चुलोको पहलमा नेपाल फर्काइएको छ। करीब ११ वर्षअघि जोहोरस्थित एक कम्पनीमा काम गर्न मलेसिया पुगेका मगर पछिल्ला केही वर्षदेखि स्वतन्त्र रूपमा विभिन्न काम गर्दै आएका थिए। तर, पछिल्ला महिनाहरूमा कलेजोमा समस्या देखिएपछि, उनका आँखा पहेंलो हुने र अनुहारमा बिबिरा देखा पर्ने लक्षण देखिएको थियो। स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि र आर्थिक समस्या...
पर्थ, अष्ट्रेलिया । पश्चिम अष्ट्रेलियामा रहेको मधेसी कम्युनिटी एसोसिएसन (MCAWA Inc.) ले यस वर्षको छठ पूजा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा सम्पूर्ण समुदाय सदस्य, स्वयंसेवक र सहयोगी संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। संघका अध्यक्ष सुनिल सहनीले भनेका छन्, “हामीले विभिन्न समुदाय संघसंस्था, व्यक्तिगत सहयोगीहरू, र विशेष गरेर अन्य राज्यका मधेसी संघहरूबाट प्राप्त सन्देश, माया र सकारात्मक प्रतिक्रियाले अत्यन्तै प्रभावित भएका...
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले काठमाडौ‌ं उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा निर्माण गरिएको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम नेपाल प्रहरीलाई औपचारिक रूपमा हस्तान्तरण गरेका छन्। मङ्गलवार आयोजित विशेष कार्यक्रममा अध्यक्ष श्रेष्ठसहित उपाध्यक्ष एवं एनआरएनए विपद् व्यवस्थापन समितिका संयोजक मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ले उपत्यका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई कन्ट्रोल रुमको साँचो हस्तान्तरण गरे। ७५...
काठमाडौं । गैर आवासीय नेपाली संघ (NRNA) मध्य क्षेत्रीय समिती, थाइल्याण्डले आगामी नोभेम्बर ९, २०२५ (आईतबार) का दिन रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। संघले सामाजिक उत्तरदायित्व र मानवताको भावनालाई बलियो बनाउने उद्देश्यसहित कार्यक्रमको आयोजना गरेको जनाएको छ।संघका अनुसार, यस्तो अभियानले थाइल्याण्डस्थित नेपाली समुदायबीच एकता र सहकार्यलाई अझ मजबुत पार्ने विश्वास गरिएको छ। कार्यक्रममा सहभागी भई रक्तदान वा अन्य सहयोगमार्फत समर्थन...
काठमाडौं । गैर–आवासीय नेपाली संघ (NRNA NCC USA, Georgia Chapter) ले नेपालका भौगोलिक विशेषता, सांस्कृतिक पहिचान, विविधता र पर्यटन प्रवर्द्धनमा केन्द्रित विशेष डकुमेन्ट्री प्रदर्शन कार्यक्रम आयोजना गर्ने भएको छ। संघका अनुसार, मातृभूमिलाई विश्व समुदायमा चिनाउने उद्देश्यका साथ तयार पारिएको उक्त डकुमेन्ट्री नोभेम्बर ८, २०२५ (शनिबार) का दिन AMC North Dekalb 16,2042 Lawrenceville HWY, Suite F-22, Decatur GA 30033 मा प्रदर्शन...
१२ कात्तिक, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले आगामी दुई दिनका लागि मौसमजन्य विपद्‌प्रति सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको २०८२ कार्तिक १२ गतेको अद्यावधिक प्रक्षेपण उद्धृत गर्दै जनाएको छ किकार्तिक १३ गते बिहीबार बिहानदेखि कार्तिक १४ गते शुक्रबार बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका...
- Advertisement -

POPULAR POSTS