रामेछाप । सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार माप्य दुधकोशी गाउँपालिका–६ भिरकुनामा बिहीबार साँझ वाग्मती प्रदेश ०१–०३१ च ५९२४ नम्बरको जिप सडकबाट करिब ५ सय मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा तीन महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतकमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका–३, छेस्कामकी...
रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ तल्लोबारामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गउको छ ।
इम्बोस्ड नम्बर प्लेटको ए ए ए २०७० नम्बरको मोटरसाइकल बिपी राजमार्गमा पर्ने सो सडकको ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक जनकपुरको धनुषाधाम नगरपालिका– ९ का ३० वर्षीय लोबसाङ होइदेनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका होइदेनको सुनकोशी सामुदायिक अस्पतालमा...
सर्लाही । तिहारको समापनसँगै मिथिलाञ्चलमा अब छठ पर्वको रौनक छाएको छ । देशकै प्रमुख धार्मिक पर्वहरूमध्ये एक मानिने छठको स्वागतका लागि यहाँका गाउँ सहर उत्सवमय बनेका छन् ।
सूर्य भगवान र छठी माताको आराधनाको पर्वका रूपमा मनाइने छठका अवसरमा मिथिलाका पोखरी, तलाउ र नदीघाटहरूमा सरसफाइ, मर्मत र सजावट तीव्र गतिमा भइरहेको छ ।
श्रद्धालुहरूले पूजा गर्ने घाटहरूमा खाल्डाखुल्डी पुर्ने, बाटो मर्मत...
काठमाडौं । पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अनुभवी विकेटकिपर तथा आक्रामक ब्याटर एडम रोसिङटनलाई अनुबन्ध गरेको छ ।
पोखरा एभेन्जर्सले आगामी एनपिएल — सिजन २ का लागि रोसिङटनलाई अनुबन्ध गरेको हो । मंसिर १ देखि मंसिर २७ सम्म आयोजना हुने एनपिएलका लागि टोलीले आफ्नो शीर्ष–क्रम बलियो बनाउने उद्देश्यसहित ३२ वर्षीय रोसिङटनलाई टोलीमा समावेश गरेको हो ।
रोसिङटन नेपालमा पहिलो पटक प्रतियोगितात्मक रूपमा खेल्ने...
रौतहट । रौतहटको चन्द्र्पुरमा रहेको एक टायल तथा ब्लक उद्योगमा आगोलागी भएको छ । चन्द्रपुर नगरपालिका–४ मा रहेको घिमिरे टायल तथा ब्लक उद्योगमा शुक्रवार बिहान आगलागी भएको हो ।
उद्योगभित्र अचानक आगो र धुवाँको मुस्लो स्थानीयवासीले देखेपछि आगलागी भएको थाहा भएको प्रहरीले जानकारी दिएको । स्थानीयवासीका अनुसार बिहानै उद्योगभित्र अचानक आगो लागेको भएपनि के कारणले लागेको थाहा नभएको बताएका छन...
काठमाडौं । आज विश्व विकास सूचना दिवस मनाइँदैछ । सन् १९७२ मा संयुक्त राष्ट्र संघको साधारण सभाले विश्व विकास सूचना दिवस स्थापना मनाउने निर्णय गरेसँगै त्यसयता हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि विश्व विकास सूचना दिवस मनाइन्छ ।
सूचना र सञ्चार प्रविधिहरूले विकासको चुनौतीहरू, विशेषगरी विश्वव्यापीकरणको सन्दर्भमा नयाँ समाधान प्रदान गर्न सम्भव छ र आर्थिक वृद्धि, प्रतिस्पर्धा, सूचना र ज्ञानको...
कार्तिक महिनामा इलामका घरघरमा रङ्गीन फूलहरू फूलेका छन् । सयपत्री र मखमली मात्र होइन, अन्य थरीथरीका फूलहरूले पनि घर र गाउँको शोभा बढाएका छन् ।
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ ।
शुक्रबार सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।
शुक्रबार राति...
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६३ रुपैयाँ २६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ १४...
काठमाडौं । गैर आवासीय नेपाली संघ (NRNA) मलेसिया, नेपाली व्यवसायी संघ मलेसिया र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले संयुक्त रूपमा इलाम जिल्लामा हालै आएको बाढी तथा अविरल वर्षाबाट प्रभावित परिवारहरूलाई आर्थिक सहयोग प्रदान गरेका छन्।
गत असोज १८ देखि २० गतेसम्मको लगातार वर्षाका कारण इलाम जिल्लाका विभिन्न स्थानहरूमा ठूलो जनधनको क्षति भएको थियो। सोही विपद्बाट प्रभावित स्थानीय बासिन्दाहरूको सहयोगार्थ संघले...

















