काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतहरु भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध संघर्ष गर्नुपर्ने स्थिति आएको बताए ।
क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै कसर...
काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
आइतबार सुन तोलाको १२ सयले घटेर एक लाख ५२ हजार एक सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मुल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको ४५ रुपैयाँले...
काठमाडौँ । स्पेसएक्सले आगामी दुई वर्षभित्र आफ्नो सबैभन्दा ठूलो रकेट स्टारशिप मंगल ग्रहमा पठाउने योजना बनाएको कम्पनीका सीईओ एलन मस्कले घोषणा गरेका हुन् । मस्कले यो एक अपरिचित मिशन हुने भन्दै जसमा मंगल ग्रहमा रकेटको सुरक्षित अवतरणको परीक्षण गरिने बताएका छन् ।
आगामी २० वर्षमा मंगल ग्रहमा सहर स्थापना गर्ने तयारीमा मस्कले भनेका छन्- 'यदि यो बिना क्रुड मिसन सफल भयो...
अन्तराष्ट्रिय
विपक्षी नेताले शरण लिएको भन्दै भेनेजुएलास्थित अर्जेन्टिनी दूतावासमा सुरक्षा बलको घेराबन्दी
Himal Times -
काठमाडौँ । भेनेजुएलाको सुरक्षा बलले राजधानी काराकसमा रहेको अर्जेन्टिनी दूतावासलाई घेराबन्दी गरेको छ ।
अर्जेन्टिनाको यो दूतावासमा राष्ट्रपति निकोलस मदुरोविरोधी छ जना विपक्षी नेताहरुले शरण लिएको भन्दै सुरक्षा बलले घेराउ गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
भेनेजुएलाका विपक्षी दलका नेताहरूले पनि सामाजिक सञ्जालमा दूतावास भवन वरपर रहेका गुप्तचर सुरक्षाकर्मीको फोटो र भिडियो पोस्ट गरेका छन् । भवनमा शरण लिएका विपक्षी नेताहरूले मदुरोले...
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश गरेको नयाँ मापदण्डको विषयमा महानगर लाई गाली गरेर न्याय नपाउने स्पष्ट गरेका छन् ।
सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले आफ्नो पोष्टमा नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै नभत्किने बताउदै भत्काउनै परे मुआब्जा दिनुपर्ने बताएका छन् ।
उनले भनेका छन्-
आफै धामी, आफै झाक्री ।
१) कानुन बनाउने कसले हो ?
२) सरकारको नेतृत्व...
काठमाडौँ । फ्रान्समा नयाँ प्रधानमन्त्री मिशेल बार्नियरविरुद्ध जनता सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले मिशेललाई प्रधानमन्त्री नियुक्तिको विरोध गरिरहेका छन्।
फ्रान्समा केही दिनअघि मात्रै निर्वाचन भएको थियो । यस निर्वाचनमा दक्षिणपन्थी दललाई पराजित गर्न वामपन्थी दलले गठबन्धन बनाएका थिए ।
चुनावमा दक्षिणपन्थी दलहरू बलियो देखिए पनि नतिजा अन्ततः वामपन्थी दलहरूको पक्षमा आयो । राष्ट्रपति इमानुएल म्याक्रोनले दक्षिणपन्थी नेता मिशेल बार्नियरलाई प्रधानमन्त्रीमा नियुक्त...
काठमाडौँ । ताइवानमा यागी आँधीका कारण चार जनाको मृत्यु भएको छ । यो आँधीबाट ताइवानको उत्तरी भाग सबैभन्दा बढी प्रभावित भएको छ ।
‘यागी’ लाई यस वर्षको एसियाकै शक्तिशाली आँधी पनि भनिएको छ । इन्डो-प्यासिफिक ट्रपिकल चक्रवात चेतावनी केन्द्रका अनुसार शनिबार बिहान करिब २०३ किलोमिटर प्रतिघण्टाको गतिमा यो आँधी ताइवानको हाइ फोङ र क्वाङ निह राज्यमा पुगेको थियो ।
हावाहुरीले उडेको...
काठमाडौँ । फ्रान्सका झण्डै २०० माध्यमिक विद्यालय (कक्षा ६ देखि ८) ले कक्षामा स्मार्टफोन ल्याउन प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । यसलाई ‘डिजिटल ब्रेक’ नाम दिइएको छ । अहिले यो अभियान परीक्षणको चरणमा छ ।
किशोरकिशोरीहरूको मोबाइल र इलेक्ट्रोनिक उपकरणहरूमा स्क्रिन समय कम गर्न र तिनीहरूलाई अनलाइन शोषण र साइबर बुलिङबाट जोगाउन यो निर्णय गरिएको हो । रिपोर्टका अनुसार किशोर...
काठमाडौँ । ऋषिपञ्चमी पर्व आइतबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्।
हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला,...
काठमाडौँ । अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका साथी बुच विल्मोरलाई अन्तरिक्ष स्टेशनमा लैजाने यान ३ महिनापछि सुरक्षित रूपमा पृथ्वीमा अवतरण भएको छ ।
यसको अवतरण ३ वटा ठूला प्यारासुट र एयरब्यागको सहयोगमा भएको थियो । नासाका अनुसार अन्तरिक्षयान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट पृथ्वीमा पुग्न करिब ६ घण्टा लागेको थियो ।
स्टारलाइनरको यान अमेरिकाको न्यू मेक्सिकोको ह्वाइट स्यान्ड स्पेस हार्बर...

















