Home Blog Page 696
बारा । बाराको महागढीमाई नगरपालिका-१ बरियारपुर टोल बस्ने ५३ वर्षीय मोतिलाल प्रसादको घरमा जुवातास खेलिरहेको अवस्थामा मोतिलाल समेत १३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७१ हजार ८ सय २० रूपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार बिचौलियाहरुले बनाएको भ्रष्टाचारीहरुको सरकार भएको बताएका छन् । शनिवार पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले गरेको भेलालाई सम्बोधन गर्दै यस्तो ठोकुवा गरेका हुन् । सरकारले भ्रष्टाचारविरुद्ध एकपछि अर्को फाइल खोल्दै, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका कार्यक्रम अघि बढाउँदै लैजाँदा दलाल र बिचौलियाहरुमा आतंक सुरु भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले...
बुटवल । सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ दोभान सिद्धबाबा खण्डमा खसेको सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो । प्रहरीका अनुसार ढुंगा माटोसहितको ठूलो पहिरो खसेर सडकअवरुद्ध भएको छ । सुरुङमार्ग निर्माण भैरहेको स्थान नजिक पहिरो खसेकाले सडक खुलाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारसँग देश विकासको आशा गर्न र भर पनि पर्न आग्रह गरेका छन् । फिनिक्स कलेज र युनिभर्सल कलेजद्वारा आज आयोजित ‘काठमाडौँ युथ कन्क्लेभ २०२४’ मा युवा सहभागीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यो सरकार केही गर्ने र परिवर्तन ल्याइछाड्ने सङ्कल्पका साथ आएको स्पष्ट गरे । प्रधानमन्त्री ओलीले युवा सचेत नभएसम्म सोचे जसरी देशमा...
चितवन ।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव भारतीय सेनाको जहाजले चितवनबाट लागेको छ । जहाजले मृतक २७ जनाकै शव भारत लगेको प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा नेपाल आएकी भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसेले जानकारी दिएकी हुन् । पोखराबाट काठमाडौंतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट दुई सय मिटर तल...
काठमाडौं । चन्द्रागिरी नगरपालिका-१४ आदर्शटोलस्थित खाजा पसलबाट अवैध लागूऔषध गाँजाको धुलो (पोल्याण्ड) १ किलो ३ सय ग्राम र घरेलु मदिरा करिब १ सय ५० लिटर सहित पसलका संचालक सोही ठाउँ बस्ने ६४ वर्षीया पातली थिङ र २९ वर्षीया चाँदनी श्रेष्ठलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नैकाप र प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त...
काठमाडौँ । क्यानडियन गायक जस्टिन बिबर पिता बनेका छन् । जस्टिन र हेली बिबरलाई पुत्र लाभ भएको उनीहरुले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनीहरुले छोराको नाम ज्याक ब्लूज राखेका छन् । जस्टिन र हेलीको इन्स्टाग्राममा गरिएको यो पोष्टलाई मिलियनले लाइक गरेका छन् र बधाई तथा शुभकामना दिएका छन् । जस्टिनले मोडल समेत रहेकी हेलीसँग २०१८ मा विवाह गरेका...
काठमाडौँ । अमेरिकी राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका छन् । योसँगै रोबर्ट एफ केनेडी जुनियरले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एरिजोनामा आयोजित र्‍यालीमा उनले ट्रम्पसँग स्टेज पनि सेयर गरेका थिए । रोबर्ट एफ केनेडी जूनियर पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीका वंशजका हुन् । ७० वर्षीय केनेडी यसअघि डेमोक्रेटिक पार्टीका सदस्य...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा महिला प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको बताएका छन् । युथ कनक्लेभ २०२४ मा शनिबार बोल्दै उनले आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षामन्त्री बनाएको र अहिले पछिल्लो समय महिला मुख्यसचिव बनाएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘अहिले मैले एउटा रुल लगाएको छु कि पुरुषमात्रैको डेलिगेसन एकजना मात्रै...
काठमाडौँ । बेल्जियमका फरवार्ड रोमेलु लुकाकु इटालियन क्लब नापोली जाने निश्चित भएको छ । हाल चेल्सीका खेलाडी रहेका लुकाकुले गत सिजनमा इटालियन सिरी ए क्लब एएस रोमाबाट लोनमा खेलेका थिए । चेल्सीले लुकाकुलाई आफ्नो प्राथमिकतामा नराख्ने भएपछी उनले नापोलीसँग तीन बर्षको सम्झौता गरेको बताइएको छ । गत सिजनमा रोमाका लागि लुकाकुले ४७ खेल खेल्दै २१ गोल गरेका थिए । लुकाकु र नापोलीको व्यवस्थापनबीच...
- Advertisement -

POPULAR POSTS