Home Blog Page 698
दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको हो । बसमा भारतीय पर्यटकहरु सवार थिए । प्रहरीका अनुसार दुर्घटनास्थलबाट अहिलेसम्म १४ जनाको शव...
काठमाडौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बंगलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरुलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । केही समयअघि बंगलादेशमा आएको असहज परिस्थितिका कारण फर्केका विद्यार्थीहरुसितको भेटमा उहाँले विशेष परिस्थितिका कारण एकपटकका लागि त्यस्तो व्यवस्था गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै त्यसका लागि आफूले सरकारसित छलफल गर्ने बताएका हुन् । विद्यार्थीहरुसँगको भेटकै...
काठमाडौं । सहकारी संस्थाहरुको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान दिएको छ ।  शुक्रबार समितिले जोशीलाई बोलाएर बयान लिएको हो । साथै, समितिले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग पनि बयान लिने भएको छ । लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रवन्ध निर्देशक हुन् । गोरखा मिडिया नेटवर्कबाट...
काठमाडौँ । भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । मन्त्रिपरिषद्को विहिबार बसेको बैठकले टिकटकमा लागेको प्रतिबन्ध हटाउने सहित विभिन्न ९ निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । मन्त्रिपरिषदका निर्णयहरु:
काठमाडौँ । युक्रेन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भोलोदिमिर जेलेस्न्कीसँग भेटवार्ता गरेका छन् । कीभमा मोदीले जेलेन्स्कीसँग भेट गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । मोदी शुक्रबार बिहान पोल्याण्डबाट करिब १० घण्टाको रेल यात्रा हुदै मोदी कीभ पुगेका थिए । जेलेन्स्कीसँगको भेटवार्तामा मोदीले रुससँगको जारी युद्ध बारे चर्चा गर्ने बताइएको छ । १९९१ मा सोभियत संघबाट अलग भएपछि युक्रेन पुग्ने...
काठमाडौँ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग संयुक्त राष्ट्रसंघकी नवनियुक्त आवासीय प्रतिनिधि क्योको योकोसुकाले भेटवार्ता गरेकी छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा राष्ट्रसंघकी नेपाल प्रतिनिधि योकोसुकाले परराष्ट्रमन्त्री राणासँग ओहोदा प्रमाण पत्र पेश गरेकी हुन् । भेटमा उनीहरुबीच नेपाल र राष्ट्रसंघबीचको आपसी सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी नेपाल ४३ रिर्जभ गण हेडक्वाटर बनबेहडा, कैलालीका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक बिर सिंह शाहूले नक्कली प्रमाण पत्र पेश गरेर जागिर खाएको भन्दै आरोप पत्र दायर गरेको छ । आयोगले सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक पदमा बढुवा नियुक्तिको लागि पेश गरेको बिए तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै विशेष अदालत, काठमाडौंमा आरोप-पत्र...
काठमाडौँ । जर्मनीका मिडफिल्डर इल्के गुन्डोगान प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी फर्किएका छन् । गत सिजन म्यानचेस्टर सिटीबाटै ला लिगा क्लब बार्सिलोना पुगेका गुन्डोगान एकबर्षपछि फेरी म्यानचेस्टर सिटीमै फर्किएका हुन् । गुन्डोगान फ्री-ट्रान्सफरमा म्यानचेस्टर सिटी फर्किएका छन् । उनले बार्सिलोनामा नियमित खेल्न पाउने ग्यारेन्टी नभएपछि क्लब छोडेको बताएका छन् । बार्सिलोनामा एक बर्षमा ५१ खेल खेल्दै उनले ५ गोल गरेका थिए...
काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोगबारे बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेका बयान दिएका छन् । गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई समितिले आज सोधपुछका लागि बोलाएको थियो । समितिका सभापति सुर्य थापाले विभिन्न सहकारी र  कम्पनीको रकम दुरुपयोगमा संलग्नको रूपमा आरोपित व्यक्तिहरूमध्ये गोरखा मिडिया नेटवर्कका पूर्वसंचालक एवं प्रबन्ध निर्देशक हाल...
काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय नम्बर प्लेटको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐन पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको हो । बसमा भारतीय पर्यटकहरु सवार थिए । कूल ४३ जना सवार रहेको उक्त बस दुर्घटनामा घाइते भएका...
- Advertisement -

POPULAR POSTS