काठमाडौँ । आजबाट भद्रकाली मन्दिर परिसरको दक्षिण पश्चिमबाट भवन पुनःनिर्माण सुरु भएको छ ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले जग पूजा तथा शिलान्यास गरेर पुनःनिर्माण थालनी गरेकी हुन् । यी संरचनाहरु २०७२ सालको भूकम्पको कम्पनले जीर्ण अवस्थामा थिए । त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत,...
काठमाडौँ । युरोकपको फाइनलमा स्पेन र इङल्याण्ड खेल्ने भएका छन् । फाइनल खेल आइतबार राति नेपाली समय अनुसार १२: ४५ बजेदेखि शुरु हुने छ ।
सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डसले इङल्याण्डलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो ।
तीन पटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौं पटक युरोकपको फाइनल खेल्दै...
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म ८३ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २३ जना, लुम्बिनी प्रदेशमा २२ जना, कर्णाली प्रदेशमा ४ जना र...
काठमाडौँ । कोलम्बिया कोपा अमेरिकाको फाइनलमा पुगेको छ । जारी कोपा अमेरिकाको सेमिफाइनलमा उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
कोलम्बियाका लागि खेलको ३९औं मिनेटमा जेफेरसन लेर्माले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा पहिलो हाफको इन्जुरी समयमा कोलम्बियाका डानियल मुन्जोले रातो कार्ड पाएपछि कोल्मबिया दोस्रो हाफ १० खेलाडीमा खेलेको थियो ।
योसँगै...
काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
राष्ट्र बैंकले बुधबार सार्बजनिक गरेको रिपोर्टमा अघिल्लो आवको तुलनामा चालू आवको ११ महिनामा १९.३ प्रतिशतले रेमिट्यान्स भित्रिएको उल्लेख छ । रेमिट्यान्स अमेरिकी डलरमा ९ अर्ब ९८ करोड पुगेको छ ।
रिपोर्टका अनुसार जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विभिन्न खेलका खेलाडीलाई परिचय पत्र प्रदान गरेका छन् ।
बृहत राष्ट्रिय खेलकुद तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेतासहित उक्त प्रतियोगितामा सहभागी खेलाडीलाई विभिन्न सुविधासहितको प्लाटिनम, गोल्ड र सिल्भर परिचय पत्र प्रदान गरिएको हो ।
प्लाटिनम परिचय पत्रधारीले राखेपको भौतिक संरचनामा हुने खेल गतिविधिलगायत पौडी पोखरीमा निशुःल्क प्रवेश पाउनुका साथै राखेपअन्तर्गत खेलकुद चिकित्सा...
काठमाडौँ । भारतका पूर्व मुख्य प्रशिक्षक राहुल द्रविडले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) बाट अतिरिक्त बोनस लिन अस्वीकार गरेका छन् ।
द्रविडले बाँकी कोचिङ स्टाफको जस्तै पुरस्कार रकम मात्र लिने बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । द्रविडले अब अन्य आफ्नो कोचिंग स्टाफकै सरह साढे २ करोड भारु पुरस्कार पाउने भएका छन् ।
बीसीसीआईले टी–२० विश्वकप च्याम्पियन टोलीलाई १२५ करोड भारु...
काठमाडौँ । इङल्याण्ड युरोकपको फाइनलमा पुगेको छ । जारी युरोकपको सेमिफाइनलमा नेदरल्याण्डसलाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको हो ।
१-१ खेलको बराबरीमा रहेको खेलमा खेलको ९०औं मिनेटमा इङल्याण्डका ओली वाटकिन्सले गोल गर्दै इङल्याण्डलाई फाइनलमा पुर्याएका हुन् । यस अघि खेलको सातौं मिनेटमा जाभी सिमन्सको गोलमा नेदरल्याण्डसले शुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको १८औँ मिनेटमा ह्यारी...
काठमाडौँ । हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास) रहेको र आज रातीबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको छ।
हाल देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली...
आजमिति २०८१ साल असार २७ गते विहिबार तदअनुसार जुलाई ११ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल षष्ठी तिथी, पुर्वफाल्गुणी नक्षत्र, । वरियान योग । चन्द्र राशि सिंह। यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:४२ देखि १२:३७ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१६
• सुर्यास्त: बेलुका ०७: ०३ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

















