अन्तराष्ट्रिय
बेलायतमा आज आम निर्वाचन, १४ बर्षपछि लेबर पार्टीले बहुमत ल्याउने प्रक्षेपण
Himal Times -0
काठमाडौँ । बेलायत आज आम चुनाव हुदै छ । आज हुने यी निर्वाचनमा मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच हुने अनुमान गरिएको छ । निर्वाचनअघि गरिएको सर्वेक्षणमा लेबर पार्टीले बहुमत ल्याउने दाबी गरिएको छ ।
बेलायतको यस निर्वाचनमा स्थानीय समयअनुसार बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदान केन्द्रमा मतदान गर्न पाउनेछन् । यी चुनावहरू बेलायत,...
असाढ़ २० वीरगंज___ पर्सा प्रहरीले बाराका दुई जना ब्यक्तिको हत्यामा संलग्न ३ जना लाई पक्राउ गरेको छ । पर्साको जगरनाथपुर गाँउपालिका वडा नं १ बिसुनपुर्वामा भारतसँग सिमा जोडिएको दशगजामा शव भेटिएको थियो । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नं ५ बस्ने घटनाको मुख्य योजनाकार ३३ वर्षिय लक्ष्मण कुमार प्रजापति, पर्साको जगरनाथपुर गाँउपालिका वडा नं ५ बस्ने मुख्य योजनाकार...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने संकेत गरेका छन् ।
विहिबार बिहान राजीनामा दिन बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुलाई प्रधानमन्त्री प्रचण्डले आफुले संसद फेस गर्ने भएकाले अहिले राजीनामा नदिन आग्रह गरेका थिए । राजीनामा दिन बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु प्रधानमन्त्रीको सो आग्रह पछि राजीनामा नदिएर फर्किएका छन् ।
संबिधान अनुसार सरकारमा सहभागी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको ३०...
रौतहट । रौतहटस्थित एकहजार बढी बिरुवा रोपेर जन्मदिन मनाईएको छ । यहीँबाट सुरुवात भएको जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गत बुधवार १ हजार ३ सय भन्दा बढी बिरुवा रोपेर जन्मदिन मनाईएको हो । तराई बिकास तथा सन्चारकेन्द्र नेपालको आयोजनामा चन्द्रपुर नगरक्षेत्र अन्तर्गत सिन्दुरेघारी चाँदी खोला छेउमा १ हजार ३ सय भन्दा बढी बिभिन्न प्रजातीको बिरुवा रोपिएको हो ।
प्रमुख जिल्ला अधिकारी...
काठमाडौँ । टी-२० विश्वकप विजेता भारतीय टिम स्वदेश फर्किएको छ । जुन २९ मा विश्वकप जितेको भारतीय टिम विहिबार बिहान नयाँ दिल्ली पुगेको हो ।
वेस्ट इन्डिजमा जुन २९ मा सम्पन्न टी-२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो । विश्वकप जितेपछि बारबाडोसमा आँधी आएपछि भारतीय टिम स्वदेश फर्किन ढिलाई भएको थियो । आँधीका...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले महामन्त्री डा. मुकुल ढकाललाई कारवाही गर्ने निर्णय सर्वसम्मत भएको स्पष्ट गरेकी छन् ।
डाँगीले समाचारमा आएको जस्तो ५२ मध्ये आफु मात्र कारवाहीको विपक्षमा रहेको भन्ने कुरा गलत रहेको बताएकी छन् ।
उनले केन्द्रीय समितिको निर्णय सर्वसम्मत भएको र त्यसमा आफुले पनि हस्ताक्षर गरेको बताएकी छन् । उनले भ्रामक र तथ्यहीन समाचारमा कुनै सत्यता...
काठमाडौं । यूरोपियन यूनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्धारा सन्चालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत प्लास्टिकजन्य फोहोरमैला उद्यम व्यवस्थापनका लागि १ करोड २० लाख बराबरको अनुदान रकम दिने भएको छ ।
यूरोपिएन यूनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्धारा सन्चालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत तीन प्रदेशका ६ निजी प्लास्टिकजन्य फोहोरमैला उद्यम सञ्चालन गरी रहेका संस्थालाई प्रदान गरिने परियोजनाका प्रमुख युनिस घिमिरले जानकारी दिए ।...
काठमाडौँ । टी– २० विश्वकपको उपाधि जितेको भारतीय क्रिकेट टोलीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेको छ ।
वेस्ट इन्डिजको बारबाडोसबाट बिहीबार बिहान दिल्ली आइपुगेको भारतीय क्रिकेट टिमलाई प्रधानमन्त्री मोदीले आफ्नै निवासमा लन्च भेट गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डका उपाध्यक्ष राजीव शुक्लाका अनुसार आजै भारतीय टिम चार्टड उडानबाट मुम्बई पुग्ने छ । मुम्बईमा आजै क्रिकेट टिमलाई...
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ ले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलका लागि बोलाएको छ ।
समितिको विहिबार बसेको नवौं बैठकले गृहसचिव र प्रहरी महानिरीक्षकलाई शुक्रबार छलफलका लागि बोलाएको समितिका सभापति सुर्य थापाले जानकारी दिएका छन् ।
आजको बैठकमा समितिले महालेखापरिक्षक तोयम राय, सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभागका महानिर्देशक कमल भट्टराई र सहकारी बिभागका रजिष्ट्रार पिताम्बर...
काठमाडौँ । जापान सरकारले अन्ततः आफ्ना सबै प्रणालीहरूमा फ्लपी डिस्क प्रयोग गर्न बन्द गरेको छ ।
जापान सरकारले विगत दुई दशकदेखि फ्लपी डिस्क प्रयोग गर्दै आएको र लामो समयदेखि यसको प्रयोगमा प्रतिबन्ध लगाउन कर्मचारीतन्त्रमा पहल भइरहेको थियो ।
गत महिना, जापानी सरकारले आफ्ना सबै १०३४ नियामक निकायहरूमा डिसकोर्ड प्रयोग गर्न बन्द गरेको जनाएको छ ।
जापानका डिजिटल मन्त्री तारो कोनोले भनेका छन्,...
















