समाचार
मेयरले एकलौटी गरेको भन्दै बौधिमाईकी उपमेयरसहित बहुमत सदस्यद्वारा नगर अधिवेशन बहिष्कार
Himal Times -0
सञ्जय मिश्रा रौतहट । रौतहटको बौधिमाइ नगरपालिकाकी उपमेयर प्रमिला देवि जयस्वालले पाँच वडा अध्यक्षसहित बहुमतका साथ नगर अधिवेशन बहिष्कार गरेकी छन् ।
मेयर प्रदिप यादवले एकलौटी रूपमा नगर अधिवेशन गर्न खोजेको भन्दै उपमेयर प्रमिला देवि जयसवाल बहुमत कार्यपालिका सदस्यसहित नगर अधिवेशन बहिस्कार गरेकी हुन् ।
मेयर यादव र उपमेयर जयस्वाल एउटै दल नेकपा एकीकृत समाजवादी पार्टीको टिकटबाट निर्वाचित भएपनि मेयरले मनमानी...
काठमाडौं । संसद् सचिवालयका कर्मचारी र सरकारबीच सात बुँदे सहमति भएको छ । सोमबार आन्दोलनरत कर्मचारी युनियनका प्रतिनिधि र सरकारको तर्फबाट भएको वार्ता पश्चचात सहमति भएको हो ।
सहमति पत्रमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा संसद् सचिवालयका कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र...
काठमाडौँ । काठमाडौँ महानगरकी उपमेयरले पदमा बसपछि पदको मर्यादा कायम राखेर अभिव्यक्ति दिन मेयर बालेन शाहलाई आग्रह गरेकी छन् ।
काठमाडौँ महानगरको नगर सभाको बैठकमा बोल्दै उपमेयर डंगोलले सिंहदरबार जलाउने, भत्काउने अभिव्यक्तिले हामि सबैलाई बिनाशको बाटोमा लैजाने भन्दै सबैको अस्तित्वलाई स्वीकार गर्नुपर्ने बताएकी हुन् ।
सबैले छलफल र संवादबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिदै जनप्रतिनिधिहरु सार्बजनिक रुपमा विवादमा उत्रिन नहुने बताइन...
राजनीति
संयुक्त राष्ट्र संघको प्रहरी समिटमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डल अमेरिका प्रस्थान
Himal Times -
काठमाडौं । गृह सचिव एक नारायण अर्याल नेतृत्वको ५ सदस्यीय नेपाली प्रतिनिधि मण्डल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कमा असार १२ देखि १३ गतेसम्म संचालन हुने चौथो संयुक्त राष्ट्र संघको प्रहरी समिटमा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।
गृह सचिव अर्यालसँग उक्त समिटमा सहभागी हुन प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, प्रहरी नायव महानिरीक्षक...
काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटालाई तत्काल कारवाही नगर्न अन्तरिम आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले फणीन्द्रलाई गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेसँगै उनीको सांसद पद जोगिएको हो ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने क्रममा फ्लोर क्रश गरेको भन्दै माओवादीले उनलाई कारबाही गरेको थियो । फणीन्द्र नेपाल...
सञ्जय मिश्रा, रौतहट । रौतहटको मौलापुर नगरपालिकाको आठौं बजेट अधिवेशन सोमवार एक समारोहका बिच सम्पन्न भएको छ।
आमजनता पार्टीका अध्यक्ष संघीय सांसद प्रभु साहको प्रमुख आतिथ्यमा सर्वसम्मत ढंगले सम्पन्न नगरसभाले विभिन्न लोकप्रिय कार्यक्रम सहित कुल ३९ करोड़को बजेट घोषणा गरिएकोछ ।
कार्यक्रममा प्रमुख अतिथि तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरले लिएको 'शुन्य कर नीति' को सर्वत्र सराहना भईरहेको बताएका थिए ।...
काठमाडौ । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ । सोमबार महानगरको १५औं नगरसभा बैठकमा उपप्रमुख सुनिता डंगोलले उक्त बजेट विनियोजन गरेकी हुन् ।
महानगरले आगामी आर्थिक वर्षमा ११ वटा गौरवका योजना अगाडि सारेका छन् । त्यसका लागि ३ अर्ब बजेट विनियोजन गरिएको उपप्रमुख डंगोलले जानकारी दिएकी छन् ।
त्यस्तै काठमाडौं महानगरपालिकाले २...
सञ्जय मिश्रा, रौतहट । पारिवारिक विवादको कारण टाउकोमा बाँसको मुँगडी प्रहार गरी आफ्नै बिहिनिको हत्या गरेको आरोपमा रौतहटको परोहा नगरपालिकाका एकजना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा परोहा ८ नरकटीया गाउँका २२ बर्षीय दीपेन्द्र कुमार राम रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्। राम माथि ज्यान सम्बन्धी कर्तब्य ज्यान मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर...
राजविराज । सशस्त्र प्रहरीले सप्तरी जिल्ला राजगढ गाउँपालिका–२ कमलपुरस्थित दशगजा ईलाकाबाट सशस्त्र प्रहरीले १ सय ७ कार्टुन मदिरा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सशस्त्र प्रहरी नायब निरीक्षक अमृत कुमार श्रेष्ठको कमाण्डमा खटिगएको मोबाईल गस्तीले नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको मामाश्री ब्राण्डको (मदिरा) सहित ओसारपसारमा संलग्न दुई जना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई फर्काउन नेपाल र मलेसिया कानुनी परामर्शमा रहेको बताएका छन् ।
गृहमन्त्री लामिछानेले प्रतिनिधि सभाको बैठकमा जीबी राई पक्राउ गर्न सरकार प्रयत्नशिल रहेको बताउदै जीबी राईलाई नेपाल ल्याउन कानुनी कठिनाइ भैरहेको बताएका छन् ।
उनले जीबी राई पक्राउको विषयमा आफुपनि व्यग्रप्रतिक्षामा रहेको बताउदै छिटै उनलाई नेपाल ल्याइने बताएका हुन् । उनले अदालत र राहदानी विभागले...















