आजमिति २०८१ साल असार १० गते सोमवार तदअनुसार जुन २४ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको तृतीया तिथी, उत्तरषाढा नक्षत्र, । ईन्द्र योग । चन्द्र राशि मकर । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३७ देखि १२:३२ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१०
• सुर्यास्त: बेलुका ०७: ०३ बजे
मेष (चु, चे, चो, ला, लि, लु,...
हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाएर एकै परिवारका पाँच जना बिरामी परेका छन्, जसमध्ये एक जनाको मृत्यु भएको छ। स्थानीय बल बहादुर प्रजा (५५) ले जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि उनी र उनका परिवारका सदस्यहरू बिरामी परेका थिए ।
मकवानपुर प्रहरीका अनुसार, बल बहादुर प्रजाको अवस्था गम्भीर थियो र उनलाई उपचारका लागि चितवन लगिएको थियो। तर, भरतपुर अस्पतालमा उपचारको...
काठमाडौँ । अमेरिकाले जारी कोपा अमेरिकामा विजयी शुरुवात गरेको छ ।
समुह सी मा रहेको अमेरिकाले सोमबार बिहान सम्पन्न खेलमा बोलिभियालाई २-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
अमेरिकाको जितमा क्रिस्टियन पुलासिक र फोलारिन बालोगनले एक एक गोल गरेका थिए ।
यो जितपछि समुह सी मा अमेरिकाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । अब अमेरिकाले अर्को खेल जुन...
काठमाडौँ । विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव डा.वैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेका छन् ।
अर्याल निलम्बनमा परेपछि प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौलाले निमित्त मुख्य सचिवको जिम्मेबारी सम्हाल्ने भएकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिवहरुमध्ये उनी वरिष्ठ हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा करोडौं रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले...
बुटवल । बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट ल्याएको छ ।
आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा चालु तर्फ ४८.६५ प्रतिशत र पूँजीगततर्फ ५१.३५ प्रतिशत रहने गरि २ अर्ब ९९ करोड २२ लाख बराबरको आर्थिक वर्ष २०८१।०८२ को बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकता दिदै पर्यटन, कृषि, पशुपंक्षी...
सञ्जय मिश्रा, रौतहट । पूर्व पश्चिम राजमार्गको रौतहट स्थित प्रहरीले एक यात्रुवाहक बस बाट एकहजार किलोग्राम सुपारी बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा शनिवार राती साढे १२ बजे चन्द्रपुर नगरपालिका १ पौराई स्थित प्रहरीको गस्ती टोलीले झापाबाट नेपालगंज तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२९३ नम्वरको बस चेकजाँचको क्रममा डिकीमा राखिएको ३३ बोरा सुपारी बरामद गरेको थियो ।
बेवारिसे अवस्थामा...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
आयोगलले आइतबार अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित ९ जना सरकारी कर्मचारी तथा दुई जना ठेक्का पाएका कम्पनिका कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दर्ता हो ।
अख्तियारले जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो...
काठमाडौँ । गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट आज हेर्दा हेर्दैमा राखिएको छ । आज यो रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको थियो । आज सुनुवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो ।
देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै कारबाही गरेपछि सो निर्णयविरुद्ध रिट दायर गरेका थिए ।
गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले...
काठमाडौँ । फिल्म ‘एक्टर’को हाल धमाधम छायांकन भइरहेको छ । फिल्ममा नायक प्रदीप खड्का र नायिकाद्धय दिव्या रायमाझी र आना शर्मा मुख्य भूमिकामा छन् । दिव्याले यही फिल्मबाट डेब्यु गरेकी हुन् ।
पोखरामा १० दिन छायांकन सक्काएर टिमले काठमाडौंको सेड्युलमा विगत केही सातादेखि ब्यस्त छ। थमन कुमार भण्डारीको लगानीमा निर्माण भइरहेको यो फिल्मको टिमले नायक प्रदीपलाई छायांकन सेटमा ‘भ्यानेटी भ्यान’...
अन्तराष्ट्रिय
ट्रम्पको बाचा- अमेरिकामा स्नातक गर्ने विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिन्छु
Himal Times -
काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कलेजबाट स्नातक गरेका विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने वाचा गरेका छन् । एक पोडकास्टमा ट्रम्पले यो कदमले यीदेशका प्रतिभाशाली विद्यार्थीहरूलाई अमेरिकामा बस्न अनुमति दिने बताएका छन् ।
ट्रम्पलाई उनको आफ्नो सरकार गठन भएमा टेक कम्पनीहरूलाई विदेशी प्रतिभाशाली विद्यार्थीहरूलाई अमेरिकामा राख्न के गर्नु हुन्छ भनेर सोधिएको थियो ।
यसमा ट्रम्पले भने- 'म यो गर्न...

















