समाचार
वीरगंजमा बन्न लागेको प्रकृतिक चिडियाखानाको घेराबार गर्ने काम ६० प्रतिशत सकियो
Himal Times -0
विरगंज___ वीरगंजमा बन्न लागेको प्रकृतिक चिडियाखानाको घेराबार गर्ने काम तिब्र रुपमा अघि बढेको छ । ५० हेक्टर क्षेत्रफल ओगट्ने यस चिडियाखानाको सीमांकन तथा त्यसमा घेराबार गर्ने काम करिब ६० प्रतिशत सकिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिनुभयो । 'अहिले सम्म घेराबार गर्ने काम करिब ६० प्रतिशत सम्पन्न भएको छ, उहाले भन्नुभयो, बाकी घेराबार गर्ने काम...
खेलकुद
चन्द्रमा-मंगल मिशनका लागि निर्मित अहिलेसम्मकै शक्तिशाली स्टारशिपको चौथो परीक्षण सफल
Himal Times -
काठमाडौँ । चन्द्रमा-मंगल मिशनका लागि निर्मित विश्वको सबैभन्दा शक्तिशाली अन्तरिक्ष स्टारशिपको चौथो परीक्षण सफल भएको छ । टेक्सासबाट लन्च गरिएको यस स्टारशिपलाई अन्तरिक्षमा लिएर यसलाई पृथ्वीमा फिर्ता ल्याइयो र हिन्द महासागरमा सफल अवतरण गराइएको थियो ।
यस पटकको परीक्षणको मुख्य लक्ष्य पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा स्टारशिप बाँच्न सक्छ कि सक्दैन भनेर हेर्नु थियो । स्टारशिप बनाउने कम्पनी स्पेसएक्सले सोसल मिडिया...
काठमाडौँ । जर्मनीले युरोकप खेल्ने टिमको घोषणा गरेको छ । प्रशिक्षक जुलियन नागेल्सम्यानले घरेलु मैदानमा हुने युरोकपका लागि २६ सदस्यीय टिमको घोषणा गरेका हुन् ।
जर्मनीको टिममा स्टार खेलाडी म्यट्स हुमेल्स टिमो वेर्नर, सेर्गी ग्नाब्री, लेओन गोरेत्ज्का टिममा परेका छैनन् ।
जर्मनीको युरोकप खेल्ने टिम:
गोलकिपर: ओलिभर बाउम्यान, म्यानुअल नेउर, मार्क-आन्द्रे टेर स्टेगेन ।
डिफेन्डर: वाल्डेमार एन्टोन, बेन्जामिन हेनरिक, जोशुआ किमिच, रोबिन कोच,...
काठमाडौँ । बंगलादेशले जारी टी-२० विश्वकपमा विजयी शुरुवात गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा बंगलादेशले श्रीलंकामाथि २ विकेटको रोमान्चक जित हासिल गरेको हो ।
श्रीलंकाले दिएको १२५ रनको लक्ष्य पछाएको बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउदै १२४ रन बनाएको थियो ।
यो बंगलादेशको यस विश्वकपमा...
काठमाडौँ । यदि कसैले हामीलाई सबैभन्दा धेरै चिन्छ र बुझ्छ भने, त्यो प्रकृति हो । हाम्रा असल साथीहरू, आमा, दाजुभाइ वा बहिनीको हातमा हाम्रो लागि स्वस्थ खाना खाने कुरामा माथि हुन सक्छ, तर प्रकृतिबाट होइन । जुनसुकै हावापानी र परिवेशमा प्रकृतिले खाने र पिउनका लागि स्वस्थकर खानेकुरा मात्र बढाउँछ ।
हरेक मौसममा हाम्रो आवश्यकता अनुसार फलफूल र तरकारी उत्पादन हुन्छ...
काठमाडौँ । अफगानिस्तानले जारी टी-२० विश्वकपमा न्यूजील्याण्डलाई हराएको छ ।
शनिबार बिहानसम्पन्न खेलमा अफगानिस्तानले न्यूजील्याण्डलाई ८४ रनको फराकिलो अन्तरले परजित गरेको हो । अस्गानिस्तानले दिएको १६० रनको लक्ष्य पछाएको न्यूजील्याण्ड १५.२ ओभरमा ७५ रनमा अल आउट भएको थियो ।
न्यूजील्याण्डका लागि ग्लेन फिलिपले १८ र माट हेनरीले १२ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए...
काठमाडौँ । क्यानडाले जारी आसिसी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ ।
पहिलो पटक विश्वकप खेलिरहेको क्यानडाले गएराती सम्पन्न खेलमा टेस्ट खेल्ने देश आयरल्याण्डलाई १२ रनले पराजित गरेको हो ।
क्यानडाले दिएको १३८ रनको लक्ष्य पछाएको आयरल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १२५ रन मात्र बनाएपछि खेल क्यानडाले १२ रनले जितेको हो ।
यसअघि क्यानडाले पहिला ब्याटिंग गर्दै ७ विकेट गुमाएर...
काठमाडौँ । डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि राजधानी कोपेनहेगनको सडकमा आक्रमण भएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार सहरको मध्य भागमा रहेको एउटा चोकमा एक व्यक्तिले प्रधानमन्त्रीलाई कुटपिट गरेका थिए । आक्रमणकारी पक्राउ परेका छन् ।
डेनमार्कको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै यस घटनाको विवरण दिएको छ।
विज्ञप्तिमा भनिएको छ, 'शुक्रबार, कोपेनहेगनको कल्चरभेटमा प्रधानमन्त्री मेटे फ्रेडरिकसनलाई एक व्यक्तिले आक्रमण गरेको थियो। आक्रमणकारी पक्राउ...
काठमाडौँ । स्पेनले युरोकप खेल्ने अन्तिम टिमको घोषणा गरेको छ । प्रशिक्षक लुइस डी ला फुएन्टेले युवा र अनुभवी खेलाडीलाई समेट्दै युरोकप खेल्ने २६ खेलाडीको घोषणा गरेका हुन् ।
स्पेनले युरोकपमा युवा प्लेमेकर गाभीलाई गुमाएको छ । इन्जुरिका कारण खेल्न नसक्ने भएपछि गाभी यो युरोकपमा देखिने छैनन् । त्यस्तै एलेक्स गार्सिया, अलेजानद्रो बाल्ड़े, पाउ टोरेज र पेड्रो पोर्रो जस्ता खेलाडी...
काठमाडौँ । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ।
हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश,...
















