काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।
एनडीएमा रहेका १३ दलका नेताहरुको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
बैठकमा एनडीएका सबै २९३ लोकसभा सांसद, राज्यसभा सांसदहरू र सबै राज्यका मुख्यमन्त्रीहरू र उपमुख्यमन्त्रीहरू उपस्थित थिए । रक्षामन्त्री राजनाथ सिंहले प्रधानमन्त्रीका लागि नरेन्द्र मोदीको नाम प्रस्ताव गरेका...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गरेका छन् ।
प्रधानमन्त्रीले आयोजना गरेको छलफल काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा केन्द्रित थियो।
उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले त्यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि...
काठमाडौँ । कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता घुस रकम सहित पक्राउ परेका छन् ।
अख्तियारले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज सर्वेक्षक बेचनप्रसाद गुप्तालाई सेवाग्राहीबाट ३५ हजार घुस लिइसकेको अवस्थामा उक्त रकम र स्रोत नखुलेको ५० हजारसहित नापी कार्यालय, चन्द्रौटा नजिकैबाट पक्राउ गरेको...
काठमाडौं । सहकारी संस्थाहरूमा भएको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनका लागि गठित संसदीय विशेष समितिको बैठक जारी छ । संसद् भवन बानेश्वरस्थित शंकर हलमा समितिको बैठक बसिरहेको हो ।
एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठित समितिले सहकारी ठगी प्रकरण छानबिनका लागि काम थाल्न कार्यालय पनि व्यवस्थापन भइसकेको छ ।
समितिले सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन...
भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा वः महोत्सव हुने भएको छ । वः मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ सफा गरी पिसेर आफूलाई मनपर्ने अण्डा, माछा, मासु तथा मरमसला मिलाइ टावामा विभिन्न आकारप्रकार दिइ पकाइने विशेष प्रकारको रोटी हो । यो नेवार समुदायको विशिष्टकृत खानाको परिकार पनि हो ।
नेवार समुदायको महान चाडहरुमध्ये एक चाड सिथि नखः को दिन वः...
काठमाडौँ । आगामी साउन १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मोदीबेनी’को ‘क्यारेक्टर’ पोस्टर सार्वजनिक गरिएको छ ।
फिल्मकी अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता अमर प्रताप श्रेष्ठलाई समेट्दै सार्वजनिक दुईवटा छुट्टाछुटै पोस्टरले उनीहरुको फिल्मको चरित्रचित्रण गरेको छ । वर्षालाई पोष्टरमा रिसाएको भावमा प्रस्तुत गरिएको छ भने अमर एक्सनको अवतारमा देखाइएको छ ।
शङ्कर कोइरालाले निर्देशन गरेको यस फिल्ममा रेजिना उप्रेती, प्रवीण खतिवडा,...
काठमाडौँ । इङल्याण्डले आगामी युरोकपका लागि २६ सदस्यीय टिमको घोषणा गरेको छ ।
प्रशिक्षक ग्यारेथ साउथगेटले भेट्रान डिफेन्डर ह्यारी माग्युरे र मिडफिल्डर ज्याक ग्रीलिशलाई बाहिर राख्दै युरोकपको अन्तिम टिम घोषणा गरेका हुन् । त्यस्तै जेम्स माडिसन, जाराड ब्रान्थवेट, जेम्स ट्राफोर्ड कर्टिस जोन्स र जारेल क्वानसाहलाई बाहिर राखिएको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडबाट खेल्ने मार्कस राशफोर्डलाई त युरोकपको प्रारम्भिक टिमबाट पनि...
काठमाडौँ । ताइवानका राष्ट्रपति लाइ चिङको बधाई सन्देशमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको प्रतिक्रियाप्रति चीनले विरोध गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीनको समाचार एजेन्सी ग्लोबल टाइम्सलाई भने, 'ताइवानका नेतालाई प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको प्रतिक्रियाप्रति चीनले आपत्ति जनाएको छ। चीनसँग कूटनीतिक सम्बन्ध राख्ने सबै देशका नेताहरूले ताइवानका नेताको प्रतिक्रियाप्रति चिन्ता व्यक्त गरेका छन् । चीनले ताइवानका नेताहरुसँगको आधिकारिक...
काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज क्यानडा र आयरल्याण्डबीच खेल हुदै छ । न्यूयोर्कमा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ ।
क्यानडा र अमेरिका दुवैले यस अघिका आफ्ना पहिलो खेलमा हार बेहोरेका छन् । क्यानडा अमेरिकासँग पराजित भएको थियो भने आयरल्याण्ड भारतसँग पराजित भएको थियो ।
दुवै देशबीच अहिलेसम्म ४ टी-२० अन्तर्राष्ट्रिय...
काठमाडौं । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत अर्को हार बेहोरेको छ ।
विहिबार राति साउदी अरबसम्म सम्पन्न युएईविरुद्धको खेलमा नेपाल ४-० ले परजित भएको छ ।
पहिलो हाफमा २ गोल गरेको युएईले दोस्रो हाफमा पनि २ गोल गरेको थियो । युएइका लागि हरिब अब्दल्ला सुहेलले २ गोल गरेका थिए भने अलि सालेह र हजेम...

















