काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ भन्दै प्रश्न गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत मन्त्री श्रेष्ठले केहि दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सुमनालाई लक्षित गर्दै विदेशबाट घुम्न आएकालाई मन्त्री बनाएको भन्दै टिप्पणी गरेको जावफमा सो प्रश्न गरेकी हुन् ।
ओलीको सुमनालक्षित टिप्पणीको आलोचना भइरहेको बेला रास्वपाले यो विषयलाई संसदमा समेत उठाएको छ । रास्वपाका सांसद शिशिर...
काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको पहिलो बैठक आज शुरु भएको छ ।
समितिको पहिलो बैठक आज सभामुखको उपस्थितिमा संसद भवन बानेश्वरस्थित शंकर हलमा शुरु भएको हो ।
सहकारी ठगि प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिनको माग गर्दै संसद अवरोध गरेपछि यहि जेठ १५ गते एमालेका सांसद सुर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन...
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रूकुम पश्चिम चौरजहारी नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३ सुकेधारा बस्ने ३९ वर्षीय रूपेश राज गिरी, स्याङजा आँधिखोला गाउँपालिका-६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने ४५ वर्षीय राजु ढकाल र धनुषा औरही गाउँपालिका-४ घर भई काठमाडौं...
दाङ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको घोराही उपमहानगरपालिका-१७ गैरागाउँस्थित ग्रिल उद्योगमा काम गरी बस्ने भारत उत्तर प्रदेश बलरामपुर घर भएका ४४ वर्षीया दिननाथलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
दिननाथले ती बालिकालाई सोही ग्रिल उद्योगमा सोमबार बेलुकी मोबाइल देखाउने बहानामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको...
राजनीति
छुट्टिएका सबैजसो साथीहरू एकताका लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार छौँ- प्रधानमन्त्री
Himal Times -
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार रहेको बताउँदै सबैलाई एकीकृत गरेर अगाडि बढिने बताएका छन् ।
पोखरामा आज आयोजित गण्डकी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफू निरन्तर जनक्रान्तिमा रहेको स्पष्ट पार्दै सबै माओवादी धारहरूलाई एकीकृत हुन आग्रह गरे ।
“फुटेका सबैजसो साथीहरू एकता लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार भएर...
काठमाडौँ । लोकसभा चुनावको नतिजापछि प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले बुझाएको मन्त्रिपरिषद्सहितको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको र प्रधानमन्त्रीलाई नयाँ सरकार गठन नभएसम्म कार्यभार सम्हाल्न आग्रह गरेकी छन् ।
मंगलबार भएको लोकसभा चुनावको मतगणनामा भाजपाले २४० सिट जितेको छ भने कांग्रेसले ९९ सिट जितेको छ । यस चुनावमा समाजवादी पार्टीले ३७ सिट जितेको छ...
काठमाडौं । नेप्सेमा सामान्य गिरावट आएको छ । साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ विन्दुमा रोकिएको छ । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.११ प्रतिशतले घटेर ३७१.६१ विन्दुमा कायम भएको छ ।
आज ३०६ कम्पनीका ८० लाख ४२ हजार ७६७ कित्ता सेयर ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४९२ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
आज...
काठमाडौँ । मानव स्रोतलाई उत्पादनमूलक बनाउन उसमा भएको व्यावसायिक सिपलाई वृत्ति विकास तथा योग्यता मापनको तहमा आवद्ध गराउने नीति तर्जुमा गर्नु पर्ने निष्कर्षसहित ‘सिप मेलाको नीति संवाद’ सम्पन्न भएको छ । ‘सिपमूलक, व्यावसायिक र रोजगारमूलक तालिममा, युवाहरुको सहभागिता, आत्मनिर्भर, दक्ष र उद्यमी जनशक्ति उत्पादनमा, महानगरपालिकाको प्राथमिकता’ नारासहित आयोजना गरिएको ‘नीति संवाद’ कार्यक्रममा क्षेत्रगत अधिकारी र प्रशिक्षार्थीहरुबाट प्राप्त पृष्ठपोषणबाट यस्तो...
काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
बुधबार प्रदेश सभा बैठकमा प्रदेश प्रमुख तिलक परियारले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममा शिक्षा, स्वाथ्य, कृषि, सिँचाइलगायतका पक्षहरुलाई प्राथमिकता दिइएको छ ।
नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक तयारीसँगै पूर्वाधार...
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने विश्वास व्यक्त गरेका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षदेखि एम.बि.बि.एस. तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका कामहरू अगाडि बढाउन निर्देशन दिए ।
“चिकित्सा शिक्षाको स्नातकोत्तर...

















